कालीकोटमा पहिरोले पुरिएर ८ जनाको मृत्यु « Arthapath.com
१४ श्रावण २०७७, बुधबार

कालीकोटमा पहिरोले पुरिएर ८ जनाको मृत्यु



काठमाडौं । कालीकोटको नरहरिनाथमा गाउँपालिकामा गएराति गएको पहिरोले जाँदा पुरिएर ८ जनाको मृत्यु भएको छ । पहिरोले १ जना वेपत्ता भएका छन ।

नरहरिनाथ गाउँपालिका –७ मा राति गएको पहिलोले ८ जनाको ज्यान लिएको हो । पहिरोमा परी वर्ष ६५ का गंगे बुढाको घर पुरिएको छ । पहिरोले गंगे बुढासहित वर्ष ६१ की उनकी श्रीमती नैना बुढा, उनकी बुहारी वर्ष २४ की कुशा बुढा, यनकी छोरी वर्ष १८ की विमला बुढा, वर्ष १० की नातिनि चन्द्रीका बुढा, वर्ष ७ का नाती राम बुढा, अर्का नाति राम बुढा र वर्ष १ का चरित्र बुढाको मृत्यु भएको हो ।


प्रतिक्रिया दिनुहोस्