कोरोनाबाट आजै ९ को मृत्यु, मृतकको संख्या ९२ पुग्यो « Arthapath.com
२८ श्रावण २०७७, बुधबार

कोरोनाबाट आजै ९ को मृत्यु, मृतकको संख्या ९२ पुग्यो



काठमाडौं । नेपालमा कोरोना भाइरसका कारण आज थप ८ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ७ जना मृतक थपिएका छन ।

पछिल्लो २४ घण्टामा ललितपुरमा चार जना, मोरङ, रुपन्देही र सप्तरीमा एक–एक जनाको कोरोनाले ज्यान लिएको छ ।

मृतकहरु काठमाडौं पाटन अस्पतालमा उपचाररत जनकपुरकी ३८ वर्षीया महिला र मेडिसिटी अस्पतालमा उपचार गराइरहेका जनकपुरकै ७१ वर्षीय पुरुष रहेका छन ।

उता ललितपुरको किस्ट अस्पतामा उपचाररत बाराका ७५ वर्षीय पुरुष र टेकुकी ७८ वर्षीया महिलाको ज्यान गएको छ । त्यसैगरी विराटनगरमा पनि १ जना ५७ वर्षे संक्रमितकाे मृत्युहुँदा मृतककाे संख्या ९२ जना पुगेकाे छ ।

उता बुटवलको कोरोना अस्पतालमा कपिलवस्तु नगरपालिका–२ का ४२ वर्षीय र कपिलवस्तु कृष्णनगरका २५ वर्षीय दुई पुरुषको उपचारको पनि कोरोनाका कारण ज्यान गएको छ । देशका विभिन्न अस्पतालमा गरी कोरोनाबाट २४ जनाको ज्यान गएको ति अस्पतालहरुले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्