नेकपा सचिवालय बैठकले कार्यदल अनुमोदन गर्याे « Arthapath.com
१ भाद्र २०७७, सोमबार

नेकपा सचिवालय बैठकले कार्यदल अनुमोदन गर्याे



काठमाडौं । नेकपाको सचिवालय बैठकले पार्टीभित्रको विवाद समाधानको लागि गठन गरिएको कार्यदललाई अनुमोदन गरेको छ ।

सोमबार विहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकले शुक्रबार गठन भएको कार्यदललाई अनुमोदन गरेको र पार्टीमा देखिएको संकट छिटोभन्दा छिटो समाधान गर्ने, पार्टी र सरकारका कामहरु प्रभावकारी रुपमा अघि बढाउने र महाधिवेशनको तयारीमा जाने विषयमा बैठक केन्द्रित रहेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

त्यसका लागि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कार्यदलको प्रतिवेदनलाई परिमार्जनसहित सचिवालय वा स्थायी कमिटी बैठकमा प्रस्तुत गर्ने उनले बताए ।


प्रतिक्रिया दिनुहोस्