शुक्रबार सुन तोलामा ४ सयले बढ्यो, चाँदी स्थिर
काठमाडौँ । विहिबार स्थिर रहेको सुनको मुल्य आज बढेको छ । आज सुन तोलामा ४ सयले बढेर प्रतितोला ९४ हजार ९ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
हिजो सुन स्थिर रहेर बुधबारकै भाउ तोलाको ९४ हजार ५ सयमा कारोबार भएको थियो ।त्यस्तै शुक्रबार तेजावी सुनको मुल्य पनि प्रतितोला ९४ हजार ४ सयमा कारोबार भइरहेको छ ।
त्यसैगरी आज चाँदीको मुल्य स्थिर रहदै तोलाको १२ सयमा कारोबार भइरहेको महासंघले जनाएको छ ।