अर्थ मन्त्रालयको कडा एक्सन,कोरोना बीमा दाबी भुक्तानी ३ दिनमा दिन निर्देशन « Arthapath.com
१८ मंसिर २०७७, बिहीबार

अर्थ मन्त्रालयको कडा एक्सन,कोरोना बीमा दाबी भुक्तानी ३ दिनमा दिन निर्देशन



काठमाडौं । बीमा समितिलाई अर्थ मन्त्रालयले कोरोना बीमाको दाबी भुक्तानी ३ दिनमा गर्न निर्देशन दिएको छ । सबै प्रक्रिया पूरा भएका कोरोना बीमा दाबीको ३ दिनभित्रमा भुक्तानी गर्न मन्त्रालयले निर्देशन दिएको हो । कोरोना बीमा दाबी भुक्तानी गरिएको बारेमा दैनिक तथ्याङ्क अर्थमन्त्रालयमा पेश गर्न पनि निर्देशन दिएको हो ।

कोरोना भुक्तानी गर्न विभिन्न कुरामा आलटाल गर्ने गरेको तत्काल दाबी भुक्तानी गर्न निर्देशन दिएको हो । मन्त्रालयले बीमा समितिलाई पठाएको पत्रमा ४ बुदे निर्देशन दिइएको छ । त्यस्तै भुक्तानी गर्न बाँकि रहेको भुक्तानीलाई पनि छिट्ट गर्ने निर्देशन गरेको हो ।

गत वैशाख ६ गतेदेखि बीमा समितिले कोरोना बीमा नामक बीमा पोलिसी बिक्री गर्न कम्पनीहरूलाई निर्देशन दियो । बीमा समितिले सस्तो लोकप्रियताका लागि संसारमै कहीँ नभएको महामारीको बीमा पोलीसी ल्याएको भन्दै आलोचना भइरहेको छ । तर समितिले भने गरिब जनतालाई राहत मिलोस् र बीमा संकटको साथी होस् भन्ने आभाष दिलाउन यस्तो पोलीसी ल्याइएको बताउँदै आएको छ ।

संक्रमितको संख्या ह्वारह्वार्ती बढ्न थालेपछि अहिले उक्त पोलीसी बीमा समिति र कम्पनीहरूलाई निल्नु न ओकल्नु भएको छ ।


प्रतिक्रिया दिनुहोस्