प्रधानमन्त्री ओलीलाई सर्वोच्चको अर्को झड्का, विस्तारित २१ मन्त्रीको जागिर गयो « Arthapath.com
८ असार २०७८, मंगलवार

प्रधानमन्त्री ओलीलाई सर्वोच्चको अर्को झड्का, विस्तारित २१ मन्त्रीको जागिर गयो



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीपरिषद विस्तार गरेको २ साता नपुग्दै २१ मन्त्रीको जागिर गएको छ । सर्वोच्च अदालतले मन्त्रिपरिषद् विस्तारको निर्णय तत्काल कार्यान्वयन नगर्न मंगलबार अन्तरिम आदेश दिएको छ ।

संसद विघटनपनि कामचलाउमा परिणत भएका प्रधानमन्त्री ओलीले जनता समाजवादी पार्टीका १२ जना र एमालेका ५ जना थप गरेर मन्त्रीपरिषद विस्तार गरेका थिए । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले प्रतिनिधिसभा विघटन र निर्वाचन घोषणा पछि काम चलाउ भएका प्रधानमन्त्रीले मन्त्रिपरिषद विस्तार गरेको भन्दै रिट दायर गरेका थिए ।

मंगलबार प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासले प्रधानमन्त्रीले गरेको पछिल्लो मन्त्रीपरिषद विस्तार तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ । ओलीले गत जेठ २१ मा जसपाका ११ जना मन्त्री थपेका थिए भने जेठ २७ मा आफ्नै पार्टीका सहित २५ सदस्यीय मन्त्रीमण्डल गठन गरेका थिए ।

संविधानको मर्म विपरित मन्त्रीपरिषद विस्तार भएको भन्दै सर्वोच्चले काललाई विस्तारित मन्त्रीपरिषद मान्य नहुने जनाएको छ । यद्धेपी मुद्धाको अन्तिम किनारा भने लागेको छैन ।


प्रतिक्रिया दिनुहोस्