दुर्गा प्रसाईको चेतावनी ‘बि एण्ड सि मेडिकल कलेज सरकारले किनेर चलाओस्’ « Arthapath.com
१९ असार २०७८, शनिबार

दुर्गा प्रसाईको चेतावनी ‘बि एण्ड सि मेडिकल कलेज सरकारले किनेर चलाओस्’



काठमाडौं । बि एण्ड सि मेडिकल कलेजका कार्यकारी निर्देशक दुर्गा प्रसाद प्रसाईले आफ्नो मेडिकल कलेज सरकारले किनेर चलाउन चुनौती दिएका छन । सरकारले मेडिकल कलेजको लाइसेन्स नदिएपछि प्रसाईले पत्रकार सम्मेलन गरेर आफ्नो आफु सरकारलाई कलेज बेच्न तयार भएको बताएका छन ।

शनिबार राजधानीमा पत्रकार सम्मेला गर्दै प्रसाईले प्रधानमन्त्रीलाई पत्र लेखेर कलेजलाई सम्बन्धन दिन, सरकार आफैंले सञ्चालन गर्न वा सधैंका लागि बन्द गर्न माग गरेका छन । प्रसाईले ३ मध्ये एक विकल्प अविलम्ब लिन ने्पाल सरकारलाई अनुरोध गरेका छन । प्रसाईले आफुले दुई नंबरी काम नगरेको तर सरकारले तेस्रो दर्जाको नागरीक सोचेको दुखेसो पोखे ।

उनले आफ्नो मेडिकल कलेजले सम्पुर्ण मापदण्ड पूरा तर विश्वविद्यालयले सम्बन्धनको सिफारिस शुल्क समेत बुझाइसकेको अवस्थामा समेत विभिन्न बहानाबाजी गरेको आरोप लगाएका छन ।

उनले एमबिबिएसमा नयाँ भर्नाको समयमा लाइसेन्स दिन हुँदैन भन्ने तत्वहरु सक्रिय हुने गरेको अनि पछि चुप लागेर बस्ने प्रबृति देखिएको बताएका छन । चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरीले संबन्धनको सवालमा घुस मागेको आरोप लगाएका छन ।

Tags :

प्रतिक्रिया दिनुहोस्