गगन थापाले महामान्त्री पदमा उम्मेद्वारी दिने घोषणा « Arthapath.com
१४ भाद्र २०७८, सोमबार

गगन थापाले महामान्त्री पदमा उम्मेद्वारी दिने घोषणा



काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले महामान्त्री पदमा उम्मेद्वारी दिने बताएका छन् । सोमबार थापाको निर्वाचन क्षेत्रमा भएको एक कार्यकमकाबीच आसन्न १४ औँ महाधिवेशनमा महामन्त्री पदका लागि उम्मेद्वारी दिने घोषणा गरेका हुन् ।

नेपाली कांग्रेसका नेता गगन थापाले १४ औँ महाधिवेशनको प्रारम्भमा रहेकाले महामन्त्री पदका लागि उम्मेद्वारी दिने घोषणा गरेका हुन् । कार्यक्रममा बोल्दै उनले भने, ‘हामी १४ औं महाधिवेशनको प्रारम्भमा छौं, मैले यो भन्दा अघिल्लो महाधिवेशनमा महामन्त्रीमा प्रतिष्पर्धा गरेँ, मेरो वडाका अग्रज र मेरो साथीहरूको बीचमा गौरवका साथ १ ४ औं अधिवेशनमा म नेपाली कांग्रेसको महामन्त्रीमा उम्मेदवारी घोषणा गर्छु ।’


प्रतिक्रिया दिनुहोस्