इण्डष्ट्रि अकेडेमिया गठन भयो भने समृद्धिको सपना साकार हुन्छः अध्यक्ष गोल्छा « Arthapath.com
२ श्रावण २०८३, शनिबार

इण्डष्ट्रि अकेडेमिया गठन भयो भने समृद्धिको सपना साकार हुन्छः अध्यक्ष गोल्छा



काठमाडौं । निजी क्षेत्रको संघीय प्रतिनिधिमुलक संस्था नेपाल उद्योग वाणिज्य महासंघ र त्रिभुवन विश्वविद्यालय स्कूल अफ म्यानेजमेन्टबाट संस्थागत सहकार्यका लागि ऐक्यवद्धता व्यक्त भएको छ । यस सम्बन्धमा दुवै संस्था इण्डष्ट्रि अकेडेमिया मञ्च गठन गरी सहकार्य गर्न सहमत भएका छन् ।

महासंघको वस्तुुगत परिषद् र सोमटुुद्वारा संयुक्त रुपमा आइतबार महासंघ सचिवालयमा आयोजना भएको छलफल कार्यक्रममा उक्त प्रतिवद्धता व्यक्त भएको हो । कार्यक्रममा महासंघका अध्यक्ष शेखर गोल्छाले भने, ‘हामी सहकार्य गर्न तयार छौं । इण्डष्ट्रि अकेडेमिया गठन गरी सहकार्य गर्ने कुरामा हाम्रो सहमती छ । वास्तवमा यो दुइटा क्षेत्रनै यस्तो क्षेत्र हो, जसको वलियो सहकार्य हुुन सक्यो भनेमात्र मुुुलुुकले देखेको समृद्धिको सपना साकार पार्न सकिन्छ ।’

साना तथा मझौला उद्योग, स्टार्टअप, मेड इन नेपाल जस्ता अभियानलाई विशेषजोड दिई अगाडि बढाएकाले दक्ष जनशक्ति पहिलो आवश्यकता हुँदा जनशक्ति विकासमा टीयूबाट ठूलो सहयोग हुन सक्ने महासंघले बताएको छ । यसका लागि दुवै संस्था बीच एउटा स्थायी खालको संरचनानै तयार गरेर जानुपर्नेछ । सो अवसरमा सोमटुुले तयार गरेको नयां कोर्श अफ स्टडीका वारेमा व्यापक छलफल भई त्यसमा उद्यमी व्यवसायीहरुका तर्फबाट सल्लाह सुुझाव समेत संकलन गरिएको थियो ।

त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायका सहायक डिन दिनेशमणी घिमिरे र विश्वविद्यालय अनुुदान आयोगका पूर्व सदस्य सचिव एवं व्यवस्थापन संकायका पूर्व डिन प्राध्यापक डाक्टर देवराज अधिकारीले नेपालको आर्थिक विकासमा निजी क्षेत्रको प्रयासमा प्राज्ञिक क्षेत्रबाट सहयोग गर्न विश्वविद्यालय तयार रहेको बताए ।

महासंघका पदाधिकारी एवं कार्यकारिणी समितिका सदस्यहरु, महासंघको वस्तुुगत परिषदका पदाधिकारी एवं सदस्यहरु, वस्तुुगत संघका पदाधिकारीहरु, उद्यमी व्यवसायीहरु, विश्वविद्यालय अनुुदान आयोगका पूर्व सदस्य सचिव, विश्व विद्यालयका पदाधिकारी, प्राध्यापक, सहप्रध्यापक, स्नातकोत्तर अध्ययन विद्यार्थीहरुको सहभागिता रहेको कार्यक्रममा सोमटुुबाट तयार पारिएको शैक्षिक कोर्श प्रस्तुुत गरिएको थियो । सो अवसरमा सोमटुुकोतर्फबाट मुुलुुकको अवश्यकता अनुुसारको दक्ष जनशक्ति विकास गर्ने सोंच अनुुसार कोर्श संशोधनको तयारी भैरहेको जानकारी गराइएको थियो ।

कार्यक्रममा महासंघकातर्फबाट दक्ष र प्राविधिक जनशक्ति उत्पादन गर्ने, आफ्नो क्षेत्रमा लिडर तयार गर्ने गरी शैक्षिक कोर्श संशोधन गर्नुपर्ने सुुझाव दिइएको थियो । शैक्षिक कोर्श शंसोधन गर्दा शिक्षालाई व्यवहार उपयोगी बनाउने, जनशक्ति व्यवस्थापन, गुणस्तर सुधार, विदेशी केश स्टडीमा भन्दा नेपाली संदर्भमा केश स्टडीमा जोड, आपूर्ति श्रृंखलाको व्यवस्थापन, ईकमर्सलाई उच्च प्राथमिकता, इन्भेन्टरी म्यानेजमेन्ट, नेगोशिएसन, वाणिज्य मध्यस्थता, ट्रेड डाटा एनालाइशिस लगायतका विशेषलाई पनि समेटनुु पर्ने सुुझाव सो अवसरमा निजी क्षेत्रबाट दिइएको थियो ।

महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले विश्वविद्यालयले दिने शिक्षा व्यवहार उपयोगी, मुुलुकको उद्योग व्यवसाय, शीप विकासमा केन्द्रीत, उच्च प्राविधिक ज्ञान दिने खालको हुुनुुपर्ने सुुझाव दिए । वस्तुुगत परिषद्का सभापति एवं उपाध्यक्ष अन्जन श्रेष्ठले लक्ष्मी र सरस्वतीको यो संयुक्त प्रयासलाई सफल पार्न सकियो भने प्राज्ञिक क्षेत्र, उद्योग व्यवसाय क्षेत्र, समाज र सिंगो राष्ट्रले नै लाभ उठाउन सक्ने विश्वास प्रकट गरे ।

कार्यक्रममा सहायक प्राध्यापक डा. गंगाराम विश्वकर्मा, सहायक प्राध्यापक डाक्टर ध्रुवलाल पाण्डे, सहायक प्राध्यापक डाक्टर जितेन्द्र डंगोलले नयां कोर्श अफ स्टडीका वारेमा जानकारी गराउनुभएको थियो भने महासंघको वस्तुुगत परिषदका सहसभापतिद्वय अरनिको राजभण्डारी र सुुनिल गोपाल श्रेष्ठ, त्रिभुवन विश्वविद्यालय केन्द्रीय व्यवस्थापन विभागका कामुु निर्देशक डा. गोविन्द तामाङले दुुवै संस्था बीचको सहकार्यको महत्वमाथि चर्चा गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्