राप्रपामा नेतृत्व हस्तान्तरण, अध्यक्षमा कमल थापालाई हराउँदै राजेन्द्र लिङ्देन विजयी « Arthapath.com
१९ मंसिर २०७८, आईतवार

राप्रपामा नेतृत्व हस्तान्तरण, अध्यक्षमा कमल थापालाई हराउँदै राजेन्द्र लिङ्देन विजयी



काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी भएका छन् । अध्यक्षका अर्का प्रत्याशी कमल थापालाई २२७ मतले पछि पार्दै लिङ्देन विजयी भएका हुन् । 

निर्वाचन समितिका संयोजक हरिबहादुर बस्नेतका अनुसार लिङ्देनले १८४४ मतका साथ अध्यक्ष पदमा विजयी भएका हुन भने पराजित कमल थापाले १६१७ मत ल्याए । 

राप्रपामा लामो समयदेखि नेतृत्व दिँदै आएका थापालाई अध्यक्षमा पराजित गरेर राजेन्द्र लिङ्देन नेतृत्वमा आएका छन् । राप्रपामा पनि नयाँ पुस्तामा नेतृत्व हस्तान्तरण भएको छ । 

राप्रपाको केन्द्रीय सदस्य, महामन्त्री लगायत जिम्मेवारी सम्हालिसकेका ५६ वर्षीय लिङ्देन पार्टीको एकता महाधिवेशनबाट कमल थापालाई पराजित गर्दै केन्द्रीय अध्यक्षमा निर्वाचित भएका छन् ।

२०२२ साल भदौ २२ गते पाँचथरको अमरपुरमा जन्मिएका लिङ्देनको राजनीतिक यात्रा २०३६ सालबाट सुरु भएको थियो । २०६६ सालमा राप्रपाको केन्द्रीय सदस्य र महामन्त्रीको रहेका उनी २०६१ देखि २०६३ सम्म झापाको जिविस सभापतिसमेत बने । २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा नेपाली काँग्रेसका प्रभावशाली नेता कृष्णप्रसाद सिटौलालाई हराएर चर्चामा रहे । 

०७० सालको दोस्रो संविधानसभाको निर्वाचनमा पराजय व्यहोरेका लिङ्देन २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा काँग्रेसका प्रभावशाली नेता कृष्णप्रसाद सिटौलालाई हराए । लिङ्देन झापा क्षेत्र नम्बर–३ बाट सांसद निर्वाचित भएका हुन् ।


प्रतिक्रिया दिनुहोस्