व्यवसायीलाई मर्यादापूर्ण व्यवहार गरियोस : नाडा « Arthapath.com
२ माघ २०७८, आईतवार

व्यवसायीलाई मर्यादापूर्ण व्यवहार गरियोस : नाडा



नेपालको अर्थतन्त्रमा अटोमोवाइलक्षेत्रको योगदान २५ प्रतिशत भन्दा बढी रहेको छ भने नेपालको रोजगारीमा पनि अटोमोवाइलक्षेत्रले १७ लाख भन्दा बढीलाई रोजगारी प्रदान गर्दे आएको छ । यस अटोमोवाइलक्षेत्रले वार्षिक झण्डै ४० हजारको संख्यामा देशमा रोजगारी उपलब्ध गराउदै आएको छ । यस मध्ये नेपालको अटोमोवाइलक्षेत्रको एक प्रतिष्ठित व्यावसायिक संस्था बतास समूहमाथी गरिएको चरित्र हत्या र अमर्यादित व्यवहारप्रति नाडा अटोमोवाइल्स एशोसिएशनको गम्भिर ध्यानाकर्षण भएको छ ।

सरकारले आब्हान गरेको टेण्डरहरुमा बतास समूहले सरकारले नै निर्धारण गरेकोे कानूनी प्रक्रिया अनुसार सहभागी भई सरकारले तोकेको भाडा बुझाउने शर्तमा क्याफटेरिया सञ्चालन सम्बन्धी अनुमति पनि सरकारबाट नै प्राप्त गरेको थियो । स्वयं सरकारबाट अनुमति पाएको सन्दर्भमा निजीक्षेत्रले व्यवसाय गर्नु एउटा स्वभाविक प्रक्रिया हो । सरकारबाट अनुमति पाएर पनि बतास समूहले आफनो जिम्मेवारीलाई अघि नवढाउनु गैर कानूनी हुनु पर्नेमा उल्टो अघि बढाउदा बतास समूहलाई अपराधिक समूहको रुपमा परिभाषित गर्ने प्रयास गरिएको छ । जुन कार्य अन्यायपूर्ण छ ।

प्रक्रिया र कानून विपरित भएका गतिविधिमाथी सरकारले अंकुश लगाउने र कारवाही गर्ने कुरालाई यस एशोसिएशनले अन्यथा लिने प्रश्न नै आउदैन, कुनै पनि आरोपको सत्यतथ्यको खोजि गरिनु पर्छ र आरोप प्रमाणित भए पश्चात मात्र दण्डित हुनु पर्छ भन्ने हाम्रो मान्यता हो र कानूनको सामान्य सिद्धान्तले पनि यहि भन्छ । समाचार कै आधारमा स्पष्टिकरणको समेत अवसर नै नदिई कारवाहीको प्रक्रिया थालिनुलाई कुनै पनि अर्थमा उचित मान्न सकिदैन । सरकारले व्यवसाय सञ्चालन गर्न अनुमति प्रदान गरिसकेको सन्दर्भमा एकपक्षिय रुपमा व्यवसायीलाई मात्र दोष दिएर समग्र निजीक्षेत्र कै मनोबल गिराउने प्रयासले नेपालमा लगानीको वातावरणमा समेत नकारात्मक प्रभाव पार्नेछ ।

नाडाले आफनो स्थापनाकालदेखि नै कानूनी र विधिसम्मत व्यवसायको पक्षमा सदैव आवाज उठाउदै आएको सन्दर्भमा कानूनसम्मत व्यवसाय गर्दे आएको व्यवसायीमाथी कतैबाट पनि आरोप नलगाउन सम्बन्धित सवैको ध्यानाकर्षण गराएका छन् ।


प्रतिक्रिया दिनुहोस्