वैशाखमा स्थानीय चुनाव गर्न देउवा र प्रचण्ड सहमत « Arthapath.com
३ माघ २०७८, सोमबार

वैशाखमा स्थानीय चुनाव गर्न देउवा र प्रचण्ड सहमत



काठमाडौं । बैशाखमा स्थानिय चसनाव गर्न सरकार सहमत भएको छ । सोमबार प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भएको भेटवार्ताले स्थानिय तहको चुनाव बैशाखमा गर्ने सहमति भएको हो ।

साथै दुवै नेताबीच भएको भेटवार्ताले मंगलबार बिहान ९ बजे उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठक बोलाउने निर्णय गरेको छ । उक्त समितिले दिएको सुझाव अनुसार चुनावको मिति तोक्ने बारेमा समेत उनीहरुबीच छलफल भएको प्रचण्डको स्वकीय सचिव रमेश मल्लले जानकारी दिए ।

‘दुई नेताबीच संवैधानिक व्यवस्था अनुसार नै चुनाव गर्ने र त्यसका लागि समन्वय समितिसँग समेत छलफल गरेर सरकारले मिति तोक्नेबारे छलफल भएको छ, त्यसका लागि मंगलबार समितिको बैठक बस्ने मिति तय भएको छ,’ मल्लले सामाजिक सञ्जालमा जानकारी गराए ।


प्रतिक्रिया दिनुहोस्