निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण नगर्न सर्वोच्च अदालतको आदेश « Arthapath.com
१२ जेष्ठ २०७९, बिहीबार

निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण नगर्न सर्वोच्च अदालतको आदेश



काठमाडौं । सर्वोच्च अदालतले निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन नपाइने निर्णय गरेको छ । सर्वोच्च अदालतले बारामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्ने सरकारका अहिलेसम्मका सबै काम कारबाही तथा निर्णयहरु बदर गरेको हो । वरिष्ठ अधिवक्ता प्रकाशमणि शर्मा र रञ्जुहजुर पाँडेले दायर गरेको रिटमा अदालतले आज अन्तिम फैसला जारी गरेको हो ।

न्यायाधीश हरिकृष्ण कार्की, ईश्वर खतिवडा, विश्वम्भर श्रेष्ठ, प्रकाशमानसिंह राउत र मनोजकुमार शर्माको बृहत पूर्ण इजलासले बिहीबार बारामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्ने सरकारका अहिलेसम्मका सबै काम कारबाही तथा निर्णयहरु बदर गरेको हो ।

साथै अदालतले बैंकल्पिक अन्तर्राष्ट्रिय विमानस्थल आवश्यक रहेमा अन्य ठाउँ खोज्न आदेशसमेत दिएको छ । अदालतको उक्त फैसलाले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल राष्ट्रिय गौरवको आयोजना प्रभावित बनेको छ ।


प्रतिक्रिया दिनुहोस्