पेट्रोलियम पदार्थमा लाग्दै आएको कर घटाउने सरकारको निर्णय « Arthapath.com
१३ जेष्ठ २०७९, शुक्रबार

पेट्रोलियम पदार्थमा लाग्दै आएको कर घटाउने सरकारको निर्णय



काठमाडौं । पाल सरकारले पेट्रोलियम पदार्थमा लगाईएको कर घटाएको छ । शुक्रबार प्रतिनिधिसभाको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा बोल्दै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले पेट्रोलियम पदार्थमा लगाउँदै आएको कर घटाएको जानकारी दिए ।

गत जेठ १० गतेको मन्त्रिपरिषद्को बैठकले कर घटाउने निर्णय गरेको उनले बताए । तर उनले कुन शिर्षकमा कति कर घटाइएको विषयमा अर्थ मन्त्रालयमा छलफल भइरहेको बताए ।

साथै उनले नेपाल आयल निगमलाई निजीकरण गर्ने कुरा नभएको तर प्रशासनिक, वित्तीय एवंम व्यवस्थापकीय सुधार गर्दै प्रतिस्पर्धी बनाउने विषयमा तयार रहेको बताए ।

सरकारले विभिन्न करहरुमा पेट्रोलमा ६३ रुपैयाँ २३ पैसा, १ सिलिन्डर ग्यासमा ३ सय २७ रुपैयाँ ३७ पैसा, डिजेलमा प्रतिलिटर ४५ रुपैयाँ ९१ पैसा र मट्टीतेलमा १३ रुपैयाँ ६६ पैसा कर उठाउँदै आएको छ । पेट्रोलियम पदार्थमा भन्सार शुल्क, सडक मर्मतसम्भार शुल्क, प्रदूषण शुल्क, मूल्य स्थिरीकरण कोष शुल्क र भौतिक पूर्वाधार विकास शुल्क गरी विभिन्न शिर्षकमा कर लिने गरेको छ ।


प्रतिक्रिया दिनुहोस्