काठमाडौं महानगरले ल्यायो २५ अर्ब ४१ करोडको बजेट « Arthapath.com
१० असार २०७९, शुक्रबार

काठमाडौं महानगरले ल्यायो २५ अर्ब ४१ करोडको बजेट



काठमाडौं महानगरपालिकाले आगामि आर्थिक वर्ष २०७९–८० का लागि साढे २५ अर्ब रुपैयाँ बराबरको बजेट ल्याएको छ । महानगरले शुक्रबार २५ अर्ब ४१ करोड ९६ लाख ९६ हजारको बराबरको बजेट ल्याएको हो ।

महानगरको ११ औं नगरसभामा स्थानीय संचित कोषबाट खर्च हुने रकम मध्ये आर्थिक विकास क्षेत्र अन्तर्गतका कार्यक्रम लागि ५० करोड २१ लाख २४ हजार विनियोजन गरिएको छ । पूर्वाधार विकासको लागि ११ अर्ब १८ करोड ८९ लाख ३ हजार रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

नेपाल र प्रदेश सरकारबाट प्राप्त हुने ससर्थ अनुदान तर्फ १ अर्ब ३१ करोड ३७ लाख ६ हजारको स्रोत सुनिश्चित भएको छ । यस्तै महानगरले सामाजिक विकासको लागि १ अर्ब ६२ करोड २८ लाख २२ हजार रुपैयाँ र सुशासन क्षेत्रको लागि ४ अर्ब ४६ लाख ५८ लाख ४० हजार विनियोजन गरेको छ ।


प्रतिक्रिया दिनुहोस्