‘एकनाथ ढकाल सांसद हुने र सुनिता बराल नहुने कुराले एमाले भित्र चरम असन्तुष्टि ल्याउँछ’ « Arthapath.com
२२ मंसिर २०७९, बिहीबार

‘एकनाथ ढकाल सांसद हुने र सुनिता बराल नहुने कुराले एमाले भित्र चरम असन्तुष्टि ल्याउँछ’



काठमाडौं । हालै सम्पन्न प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनको प्रत्यक्ष र समानुपातिक दुवै तर्फको अन्तिम नतिजा आइसकेको छ । नजिता आएसंगै सत्ता केन्द्रित छलफल र संघर्ष पनि सुरु भैसकेको छ । यसपाली नयाँ दलहरु पनि अनपेक्षित रुपमा आए । चुनाव अघि अनेकौ विश्लेषणहरु भएका थिए । लेखक, विद्यार्थी नेता तथा अभियन्ता समेत रहेका किरण बिकले पनि केहि राजनीतिक विश्लेषण गरेका छन् । प्रस्तुत छ उनै किरण बिक संग गरिएको चुनावपछिको अन्तर्वार्ताको छोटो कुराकानीको संम्पादित अंश ।

चुनावी नतिजालाई कसरी हेर्नु भएको छ ?

बिलकुल स्वाभाविक रुपमा लिएको छु । मैले अनुमान गरे जस्तै नतिजा आएको छ । एमाले बलियो दोश्रो पार्टी बन्नेछ भनेको थिए । मेरो दाबि ८०–८१ भन्ने थियो ७७–७९ आयो । कांग्रेसको ९०–९१ भनेको थिए । मैले नेकपा एस पनि राष्ट्रिय पार्टी नै बन्छ भनेको थिए । बनेन । तर मैले स्वतन्त्रहरु आउँछन नै भनेको थिए । अरु स्वतन्त्र छोडेर रास्वपाको चाहि मैले न्युनतम ७–८ आउँछ भनेको थिए । डबल भन्दा बढी आयो ।

स्वतन्त्रको उदयलाई के भन्नु हुन्छ ?

मैले स्वतन्त्रहरु आउँदैछन है भनेको थिए हाई भोल्युममै तर मेरो हाइट अनुसार त्यो पार्टीकै उच्चस्तरीय नेताहरुले सुनेनन । साच्चै भन्ने हो भने नेतृत्वले काल्पनिक कुरा गरेका थिए । राष्ट्रिय स्वतन्त्र पार्टी त दल हो नि कहाँ स्वतन्त्र हो र ? पुराना दलहरुको फ्रस्टेसनले गर्दा यसपाली स्वतन्त्रलाइ भोट आयो । तर मैले यो घट्ने देख्दिन बरु बढ्छ नै होला । पुराना दलहरुले चेत्लान कि भन्ने छ । नयाँ नेता नयाँ दल आउनु भनेको समाज गतिशील हुनु हो । अर्को कुरा स्वतन्त्र बाट जोजोले जित्नु भो धेरै जना युवा , प्रोफेसनल र भिजनरी हुनुहुन्छ । यसको असर पनि दलहरुमा पर्छ । दल भनेको कमिटि प्रणाली हो जसमा सोपान माथि जाने क्रमागत रुपमा हुन्छ अब त्यो अलिकति भए पनि हल्लिन्छ । युवा , प्रोफेसनल र भिजनरीलाई पालो आउला ।

तपाइँ सदस्य रहेको एमाले कसरी जाला ?

एमाले प्रतिपक्षमा बस्ने जनमत पाएको छ । तर अहिलेको जनमत बाट कोहि पनि खुसि छैन । मलाई लाग्छ राजनीतिका सबै सम्भावनाको प्रयोग एमालेले गर्नेछ । अहिले एमालेले सरकारी गठबन्धनको मुभलाई ध्यान दिएर हेरेको छ ।

एमालेले समानुपातिक मत कांग्रेस भन्दा बढी ल्यायो, पार्टी ठुलो भएको हो ?

एमालेले कांग्रेसले भन्दा बढी मत लेराएको मात्र हो पार्टी नै ठुलो भएको होइन । बढेको नयाँ मतदाता समेतको आधारमा भन्दा प्रतिशतमा घटेकै हो । तर नेताहरुले यो खुलेआम नस्विकारे पनि आन्तरिक रुपमा पार्टी घटेको बारेमा प्रष्ट छन जस्तो लाग्छ ।

एमालेको समानुपातिक लिष्ट हेर्नु भो ? कस्तो प्रतिक्रिया छ तपाइको ?

पैला मैले प्रतिशतहरु बुझेको थिईन यसपाली बुझें । अहिलेको प्रणाली त समानुपातिक सिद्दान्तको मर्मको विरुद्ध रैछ । खस आर्यलाइ ३१.२ % कोटा रैछ जुन बिलकुल गलत हो । खस आर्यको पुरै खारेज भएर अरु क्लस्टरमा बाँडीनु पर्छ । पुरुष दलितमा, महिलामा र यौनिक अल्पसंख्यकमा त्यो थपिन पर्छ ।

खस आर्यको कोटा सबै भन्दा बढी मिसयुज भैराखेको छ । यस बाट ठुला नेताहरु मंत्री भैसकेकाहरु सुरक्षित हुन आउने बाटो बनेको छ । खस आर्य कोटाले समानुपातिक प्रणालीलाई बदनाम बनाएको छ । अर्को कोटा भन्दा बढी नदिने , कोटा त झन् सिमितता गरिदिने जस्तो पो बुझाइ भएको छ त । म नेतृत्वलाई आग्रह गर्न चाहन्छु कि एमालेले खस आर्य पुरुष तर्फको कोटा घटाएर भए पनि महिला तर्फको कोटा बढाउनु पर्छ । महिला आरक्षण ३३ % भनेको न्युनतम हो अनिवार्य हो । त्यो भन्दा बढी गर्न नमिल्ने होइन । एमालेले ४० % पुराउनुपर्छ । एकनाथ ढकाल सांसद हुने र सुनिता बराल नहुने कुराले चरम असन्तुष्टि ल्याउछ । नेतृत्व माथी पनि प्रश्न उठ्छ । नत्र पार्टीलाई योगदान गर्ने छुट्ने र नगर्ने पर्ने स्थिती आउने भो । यसले पार्टीका होलटाइमरलाई निरासा छाउँछ । त्यसो भए पार्टी राजनिती किन गर्ने त भन्ने प्रश्न उठ्छ ।

अब पार्टीहरु कसरी जानु पर्छ ?

लोकतन्त्रका लागि सबै दलहरु आवस्यक छन । अझै दलीय प्रणालीलाइ केहि खतरा छैन । एमाले केन्द्रित भएर बोल्दा चाहिं एमाले ब्यापक सुध्रीन पर्छ । कार्यकर्ताहरु निरास छन । कमिटि प्रणाली ध्वस्त छ । पार्टी सत्तामा जाँदा अवसरहरु दुरुपयोग भएका छन । एउटा व्यापक शुद्धिकरण बाट एमाले खारिन पर्छ ।


प्रतिक्रिया दिनुहोस्