कोसी प्रदेश संसदीय दलको उपनेतामा हिमाल कार्की « Arthapath.com
२ चैत्र २०७९, बिहीबार

कोसी प्रदेश संसदीय दलको उपनेतामा हिमाल कार्की



काठमाडौं । नेपाली कांग्रेस कोसी प्रदेश संसदीय दलको उपनेतामा हिमाल कार्की चयन भएका छन्। संसदीय दलका नेता उद्धव थापाले कार्कीलाई उपनेता नियुक्त गरेका हुन्।

सभापति शेरबहादुर देउवा निकटका कार्कीको नियुक्तिसँगै प्रदेश संसदीय दलमा हालसम्म चयन भएका सबै पदाधिकारी संस्थापन पक्षका छन्।

शेखर कोइराला पक्षका अहिलेसम्म कोही परेका छैनन्। प्रमुख सचेतकमा यसअघि नै संस्थापनकै भूपेन्द्र राई चयन भएका छन्। सचेतक नियुक्ति बाँकी छ।

उदयपुर क्षेत्र नम्बर १ को प्रदेश २ बाट दोस्रोपटक प्रदेशसभामा निर्वाचित कार्की कांग्रेसका उदयपुर जिल्ला सभापति समेत हुन्।


प्रतिक्रिया दिनुहोस्