के डोनाल्ड ट्रम्प फेरि अमेरिकाको राष्ट्रपति बन्दै छन् ? « Arthapath.com
२४ फाल्गुन २०८०, बिहीबार

के डोनाल्ड ट्रम्प फेरि अमेरिकाको राष्ट्रपति बन्दै छन् ?



काठमाडौं । यो साल अर्थात् अंग्रेजी सम्बत् २०२४ संसारको इतिहासमै सबैभन्दा ठूलो चुनावी वर्ष हुँदै छ । यो वर्ष विश्वभर कम्तिमा ६४ देशमा चुनाव भएको वा हुँदै छ । यी चुनावमा पृथ्वीको ४९ प्रतिशत जनसंख्याले मतदान गर्ने छ ।

भारत, पाकिस्तान, बंगलादेश, श्रीलङ्का, भुटान र माल्दिभ्सजस्ता हाम्रो क्षेत्रीय छिमेकी देशको चुनावी वर्ष यही हो । अमेरिका, युरोपेली संघ, रूस, इन्डोनेसिया, मेक्सिको, इरान, बेलायत, ताइवानजस्ता शक्तिशाली राष्ट्रहरुले पनि यसै साललाई चुनावी वर्ष बनाइरहेका छन् ।

त्यस्तै, दक्षिण अफ्रिका, अल्जेरिया, युक्रेन (युद्धरत रहेकाले नहुन पनि सक्छ), उज्बेकिस्तान, घाना, मोजाम्बिक, मादागास्कर, भेनेजुयला, उत्तर कोरिया, सिरिया, माली, रोमानिया, चाड, सेनेगल, कम्बोडिया, रुवाण्डा, ट्युनिसिया, बेल्जियम, डोमिनिकन, जोर्डन, दक्षिण सुडान, चेक, अजरबैजान, पोर्चुगल, बेलारुस, टोगो, अस्ट्रिया, एल साल्भाडोर, स्लोभाकिया, फिनल्याण्ड, मौरिटानिया, पानामा, क्रोएसिया, जर्जिया, मङ्गोलिया, उरुग्वे, मोल्दोभा, लिथुआनिया, बोत्स्वाना, नामिबिया, गिनी बिसाउ, उत्तर मेसेडोनिया, मौरिसस, कोमोरस, सोलोमन आइल्याण्ड, आइसल्याण्ड, किरिबाटी, सान मारिनो, पलाउ, टुभालुमा पनि यसै वर्ष चुनाव छ ।

तर यी सबै चुनावहरुमा सबैभन्दा ठूलो रौनक चाहीँ अमेरिकी राष्ट्रपति निर्वाचन हुनसक्ने देखिएको छ । त्यहाँ पुनः एक पटक वर्षमान राष्ट्रपति जो बाइडन र निवर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प मैदानआ उत्रने लगभग पक्का भएको छ । रिपब्लिकन पार्टीबाट पूर्व राष्ट्रपति ट्रम्प राष्ट्रपनि मैदानमा उत्रिने निश्चित भइसकेको छ । डेमोक्रेटिक पार्टीबाट पनि राष्ट्रपति बाइडन नै मैदानमा हुने छन् ।

यसअघि बाइडन राष्ट्रपति बन्दा पनि ट्रम्प नै प्रतिस्पर्धाको मैदानमा थिए । अमेरिकामा अक्सर एक व्यक्तिले दुई कार्यकाल राष्ट्रपति चलाउँदै आएका छन् । तर ट्रम्पलाई यसअघि ठूलो शक्ति लगाएर दोस्रो कार्यकालका लागि राष्ट्रपति बन्नबाट रोकिएको थियो । ट्रम्पले आप्रवासीहरुप्रति रुखो व्यवहार गरेको र चीनसँग जोरी खोजेको आरोप लगाइएको थियो ।

ट्रम्पका पालामा अमेरिकाले ‘अमेरिका फस्ट’ नारा लिएर बाह्य दुनियाँका लागि सहायता परिचालन घटाएको थियो । यसले विश्व मञ्चमा अमेरिकाको दबदबा कमजोर बन्दै गएको र त्यही खाली मैदान भर्न चीनले मौका पाएको मान्नेहरु पनि धेरै छन् । यद्यपि, बाइडनले रूस र चीनलाई अलग गर्ने कोसिस गरेका थिए । उत्तर कोरियासँग वार्ता गरेर सम्भावित जोखिमलाई घटाएका थिए । मुस्लिम देशहरुमा फैलिँदो शक्ति सञ्चयलाई विथोल्न केही सफल भएका थिए । इराकबाट सेना फिर्ता लगेका थिए । बर्मामा सैन्य सत्ता कमजोर देखिएको थियो ।

तर बाइडन आएपछि पुनः विश्व मञ्चमा आफ्नो उपस्थिति बढाउन र अन्तरराष्ट्रिय सहायता प्रबद्र्धन गर्न बल पुग्यो । यसैको बलले रूस–युक्रेन र हमास–इजरायल युद्ध लम्बिएको आँकलन गर्नेहरु पनि छन् ।

तर अमेरिकाभित्रै पनि यी दुई उमेदवालाई पुनः एक पटक आम्नेसाम्ने भएको देख्न नचाहने मतदाताको संख्या उल्लेख्य रुपमा बढी भएको सर्वेक्षण नतिजाहरु सार्वजनिक भएका छन् । एक अध्ययनमा ७० प्रतिशत मानिसहरु यी दुईभन्दा भिन्न अनुहारलाई राष्ट्रपति चुनावमा उमेदवारको रुपमा देख्न चाहन्थे । तर दलका कार्यकर्ताले उनीहरुलाई नै फेरि एक पल्ट प्रतिस्पर्धा गर्न पठाएका छन् ।

अमेरिकाका १५ राज्य र एक ओभरसिज टेरिटोरीमा मंगलबार भएको बृहत मतदानपछि यी दुई उमेदवार पुनः एक पल्ट मैदानमा देखिने निश्चित भएको हो । आठ महिनापछि आगामी नोभेम्बर ५ मा मतदान हुँदै छ । यी दुई बृद्ध नेता एकअर्काको खरो आलोचना गरिरहेका छन् । बाइडनको आरोपमा ‘ट्रम्पले चुनाव जिते भने उनले अमेरिकाको लोकतन्त्र तहसनहस पारिदिने छन् ।’ तर ट्रम्प भने आफूले चुनाव नजिते ‘अमेरिका भन्ने देश नै नबच्ने’ दाबी गरिरहेका छन् ।

मतदाताका अगाडी दुईटा विकल्प देखिएका छन् । एकातिर ट्रम्प छन्, जो अहिले पनि अपराधको मामिलामा ९१ वटा मुद्दा झेलिरहेका छन् । अर्कातिर अमेरिकी इतिहासकै सबैभन्दा बूढा राष्ट्रपति छन्, जसलाई अहिले नै मानसिक समस्याको आरोप खेप्नु परिरहेको छ । अहिले बाइडन ८१ वर्षका भए भने ट्रम्प ७७ वर्षका छन् ।

यद्यपि, यसपल्ट ट्रम्प राष्ट्रपति चुनावमा सबैभन्दा अगाडी देखिएका छन् । आठ महिनापछि हुने चुनावको नतिजाबारे अहिले नै पूर्वानुमान गर्न कठीन हुने भए पनि तत्काल देखिएको परिस्थितिले ट्रम्पको पल्ला भारी हुनसक्नेतर्फ संकेत गरेको केही पश्चिमा सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्