अर्थ मन्त्रालयमा सहसचिव हेरफेर, कसलाई कुन जिम्मेवारी ? « Arthapath.com
१४ चैत्र २०८०, बुधबार

अर्थ मन्त्रालयमा सहसचिव हेरफेर, कसलाई कुन जिम्मेवारी ?



काठमाडौं । अर्थ मन्त्रालयका तीन वटा महाशाखामा जिम्मेवारी हेरफेर भएको छ । बजेट प्रक्रिया सुरु हुँदै गदौ जिम्मेवारी हेरफेर गरिएको हो ।

अर्थमन्त्री बर्षमान पुनले राजश्व, बजेट, योजना, अनुगमन तथा मूल्याङ्कन महाशाखामा जिम्मेवारी हेरफेर गरेका हुन् । सहसचिव रितेश शाक्यलाई बजेट महाशाखामा आएका छन् । उनी राजस्व व्यवस्थापन महाशाखामा थिए ।

बजेट महाशाखाका उत्तर खत्रीलाई योजना, अनुगमन तथा मूल्यांकन महाशाखको जिम्मेवारी दिइएको छ । यस्तै, राजस्व व्यवस्थापन महाशाखाको जिम्मेवारी भने धनिराम शर्मालाई दिइएको छ ।यस बाहेकका अन्य महाशाखाहरु भने यथावत राखेको छ ।


प्रतिक्रिया दिनुहोस्