निर्माण व्यवसायीहरुलाई बैंकहरुबाट सजिलैसंग ऋण प्रवाह हुनसक्ने संयन्त्र बनाउनुपर्छः अध्यक्ष ढकाल « Arthapath.com
१६ चैत्र २०८०, शुक्रबार

निर्माण व्यवसायीहरुलाई बैंकहरुबाट सजिलैसंग ऋण प्रवाह हुनसक्ने संयन्त्र बनाउनुपर्छः अध्यक्ष ढकाल



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले निर्माण व्यवसायीहरुले सरकारबाट आफ्नो भुक्तानी चाडैं पाउनुपर्ने बताए ।

नेपाल निर्माण व्यवसायी महासंघको २५औ वार्सिकोत्सवको अवसरमा हेटौडामा आयोजित कार्यक्रममा यस्तो बताएका हुन् । अध्यक्ष ढकालले देशको विकासका लागि पूर्वाधार विकास सबैभन्दा महत्वपूर्ण पक्ष रहेको भन्दै सरकारले भुक्तानीमा ढिलाइ गर्न नहुने बताए । भुक्तानी नहुादा परियोजनाहरूमा निर्माण पनि ढिलाइ हुने उनको भनाई छ ।

हाल राज्यबाट व्यवसायीहरुलाई निर्माण कार्यको अरबौं रकम भुक्तानी गर्न नसकेको हुँदा व्यवसायीहरुले सप्लाई चेन, बैंक किस्ता एवं श्रमिकहरु लगायत करको ठूलो रकम भुक्तानी गर्न नसकी व्यवसायीहरु आर्थिक रुपमा समस्याग्रस्त रहेको ढकालले बताए ।

यद्यपि, आगामी दिनमा सुधार उन्मुख हुने विस्वास व्यक्त गरे । ढकालले निर्माण व्यवसायीहरुलाई बैंकहरुबाट सजिलैसंग ऋण प्रवाह हुनसक्ने संयन्त्र बनाउनु पर्नेमा पनि जोड दिए ।


प्रतिक्रिया दिनुहोस्