आागमी आर्थिक वर्षको बजेट लेखन मस्यौदा समिति गठन, क–कसले लेख्दैछन् ? « Arthapath.com
१६ चैत्र २०८०, शुक्रबार

आागमी आर्थिक वर्षको बजेट लेखन मस्यौदा समिति गठन, क–कसले लेख्दैछन् ?



काठमाडौं । आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट वक्तव्य तयार समिति गठन भएको छ । अर्थमन्त्री वर्षमान पुनले बजेट लेखन मस्यौदा समिति गठन गरेका हुन् ।

सहसचिव धनीराम शर्माको संयोजकत्वमा आगामी बजेट वक्तव्य तयार गर्न समिति गठन गरेका हुन् । समितिमा सदस्यहरुमा सहसचिवहरु रितेश कुमार शाक्य, महेश, आचार्य, रामप्रसाद आचार्य, इश्वरी अर्याल र पार्वती शर्मा रहेका छन् ।


प्रतिक्रिया दिनुहोस्