पूर्वप्रधानमन्त्रीमाथि भ्रष्टाचारको पहिलो मुद्दा, आरोपपत्रमा के छ ? « Arthapath.com
२३ जेष्ठ २०८२, शुक्रबार

पूर्वप्रधानमन्त्रीमाथि भ्रष्टाचारको पहिलो मुद्दा, आरोपपत्रमा के छ ?



काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वप्रधानमन्त्री माधवकुमार नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । यो नेपालको इतिहासमा कुनै पूर्वप्रधानमन्त्रीमाथि दायर भएको पहिलो भ्रष्टाचार मुद्दा हो ।

भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३३ अनुसार, मुद्दा दायर भएपछि नेपालका सांसद पद निलम्बनमा परेको छ ।

अख्तियारले पतञ्जलीको नाममा हदबन्दी छुटमा जग्गा खरिद गरी दुई महिनाभित्रै गैरकानुनी रूपमा हाउजिङ कम्पनीलाई बेच्ने स्वीकृति दिएको आरोपमा नेपालसहित ९३ जनालाई प्रतिवादी बनाएर विशेष अदालतमा मुद्दा दर्ता गरेको हो ।

आयोगले सो जग्गा हिनामिनाको घटनामा १८ करोड ५८ लाख ५० हजार रुपैयाँ क्षतिपूर्ति माग गर्दै कारबाहीको समेत माग गरेको छ । भ्रष्टाचार निवारण ऐनका विभिन्न प्रावधानअनुसार जरिवाना र थप सजाय पनि माग गरिएको छ ।

अख्तियारले आरोपितहरूलाई दुरुपयोगमा संलग्न ठहर गर्दै कानुनी प्रक्रिया अगाडि बढाएको जनाएको छ ।

आरोपपत्रमा के छ ? (पूर्णपाठ)

u0VO8F


प्रतिक्रिया दिनुहोस्