कोरोना संक्रमण नियन्त्रण र पूर्वतयारी गर्न सातै प्रदेशका मुख्यमन्त्री काठमाडौंमा « Arthapath.com
२ चैत्र २०७६, आईतवार

कोरोना संक्रमण नियन्त्रण र पूर्वतयारी गर्न सातै प्रदेशका मुख्यमन्त्री काठमाडौंमा



काठमाडौं । कोरोना भाइरसविरुद्ध कार्ययोजना तय गर्न आइतवार सातै प्रदेशका मुख्यमन्त्री काठमाडौंमा जम्मा हुने भएका छन ।

विश्वव्यापी रुपमा महामारी बन्दै गएको कोरोना भाइरस संक्रमण जोखिम नियन्त्रण र पूर्वतयारीबारे मुख्यमन्त्रीहरूसँग छलफल गर्न बैठक तय गरिएको स्वास्थ्यमन्त्री भानुभक्त ढकालको भनाई छ ।

मुख्यमन्त्रीहरूसँगको बैठकमा कोरोना भाइरस संक्रमणबाट जोगिन सरकारले गरिरहेका काम र तिनका प्रभावबारे स्वास्थ्य मन्त्रालयले प्रतिवेदन प्रस्तुत गर्दैछ ।

त्यस्तै प्रदेशस्तरमा गरिएका पूर्वतयारीका कामबारे पनि मुख्यमन्त्रीहरूले रिपोर्टिङ गर्ने बताइएको छ । हालसम्म ४ सय ६४ जनाको परिक्षण गरिएको र सबैको नेगेटिप रिपोर्ट आएकाले हालसम्म नेपालमा कोरोना संक्रमीत नरहेको उनले बताए ।

यो रोगबाट मृत्युले ४६ देश प्रभावित, १५२ देशमा फैलिएको, १ लाख ५६ हजारमा संक्रमण देखिएको, ७५ हजार संक्रमीत निको भएर घर फर्किएका, ७४ हजार संक्रमित रहेको, ९२ प्रतिशत सामान्य, र ८ प्रतिशत जोखीम रहेको छ ।


प्रतिक्रिया दिनुहोस्