साझा यातायातले स्यानिटाइजर छर्केर सेवा दिँदै

काठमाडौं । कोरोना भाईरस नसर्न दिनका लागि साझा यातायातले स्यानिटाइजर छर्केर सेवा दिईरहेको छ । सार्वजनिक यातायातमा सवारी गर्दा जोखीम बढि भएकाले यातायातले यस्तो व्यवस्था गरेको हो ।
विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको जोखिम कम गर्न स्यानिटाइजरको प्रयोग गरिएको साझाले जनाएको छ ।
हरेक रुटमा चल्ने बसमा पहिला स्प्रे गर्ने र त्यसपछि मात्र यात्रुलाई चढाउने साझाले जानकारी दिएको छ ।