कामना सेवा विकास बैंकको १२३ औं शाखा ललितपुरको ग्वार्कोमा « Arthapath.com
३ चैत्र २०७६, सोमबार

कामना सेवा विकास बैंकको १२३ औं शाखा ललितपुरको ग्वार्कोमा



काठमाडौं । कामना सेवा विकास बैंकले आफ्नो सेवा विस्तार गर्ने क्रममा प्रदेश नं ३ अन्तर्गत ललितपुर जिल्लाको ललितपुर महानगरपालिका वडा नं १७ स्थित ग्वार्कोमा यही फागुन २९ गते आफ्नो १२३ औं शाखा कार्यालय स्थापना गरी समुद्घाटन समारोह गरेको छ ।

ललितपुर महानगरपालिका वडा नं १७ का अध्यक्ष विनोद महर्जन ज्यू तथा बैंकका संचालक विश्वेश्वर सुवेदीले संयुतm रुपमा शाखाको उद्घाटन गरेका थिए । उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले बैंकका वर्तमान अवस्था र भावी कार्ययोजना तथा रणनीतिका बारेमा प्रकाश पार्नुभएको थियो । यस बैंकले व्यवसाय विस्तारको क्रममा नविनतम प्रोडक्टहरु तथा वृहत शाखा सञ्जाल मार्फत आफ्ना ग्राहकहरुलाई उच्च स्तरको बैंकिङ्ग सेवा सुविधाहरु उपलब्ध गराउँदै जाने समेत जानकारी दिइएको छ ।

काठमाडौं –३०, ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा १२३ वटा शाखा तथा ६४ वटा एटिएममार्फत ग्राहकहरुलाई आफनो सेवाहरु प्रदान गर्दै आएको छ ।


प्रतिक्रिया दिनुहोस्