काठमाडौंबाट भारत लैजादै गरेको अवस्थामा २० हजार मास्कसहित २ जना पक्राउ « Arthapath.com
६ चैत्र २०७६, बिहीबार

काठमाडौंबाट भारत लैजादै गरेको अवस्थामा २० हजार मास्कसहित २ जना पक्राउ



काठमाडौं । कालोबजारी गर्ने पक्राउ परेका छन । पर्सा प्रहरीले काठमाडौंबाट भारत तर्फ लैजादै गरेको माक्स सहति २ जना पक्राउ गरेको हो । पोखरिया नगरपालिका–४ स्थित पोखरिया बजारमा काठमाडौंबाट भिष्वा जाने रात्री बस चेकजाँचको क्रममा ६ बोरा मास्क (२० हजार) बरामद गरेको हो ।

विशेष सूचनाका आधारमा उक्त मास्क बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । नेपालबाट भारत लगेर बढी मूल्यमा बेच्ने गरेको सूचना पाएपछि प्रहरीले बुधबार बसमा चेक जाँच गरेको थियो ।

उक्त मास्कसँगै प्रहरीले पर्सा जिल्ला छिपहरमाई गाउँपालिका वडा नं.५ का वर्ष ३८ को सुलिन जैसवाल र सोहि स्थानका २६ वर्ष का अजय महतो कोइरीलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्