लोक सेवा आयोगको परीक्षा स्थगित, मनकामना केवलकार ३० गते सम्मलाई बन्द « Arthapath.com
६ चैत्र २०७६, बिहीबार

लोक सेवा आयोगको परीक्षा स्थगित, मनकामना केवलकार ३० गते सम्मलाई बन्द



काठाडमौं । विश्वभरि महामारीका रुपमा फैलिरहेको कोरोना भाईरसको संक्रमणदर दिन प्रतिदिन बढिरहेको छ । कोरोना नेपालमा देखिएको छैन । छिमेकी राष्ट्र भारत र चिनमा यो रोगले महामारीका रुपमा फैलिरहेको छ । विश्व स्वाथ्य संगठनले यसको रोकथाम तथा न्यूनिकरण गर्न सबै देशलाई कडा रुपमा लाग्न निर्देशन समेत दिएको छ ।

बुधबार नेपाल सरकारको उच्च स्तरीय समितिको बैठकले २५ जनाभन्दा बढि मान्छे भिड स्थानहरुमा नजान रोक लगाएको । सरकारले गरेको निर्णय पालना गर्दै लोक सेवा आयोगले चैत ८ गतेपछिका सबै लिखित परीक्षा स्थगित गरेको छ ।

चैत ६ गते बसेको आयोगको बैठकले चैत ८ गतेदेखि चैत मसान्तसम्मको लिखित परीक्षा स्थगित गर्ने निर्णय गरेको उपसचिव एक नारायण शर्माले जानकारी दिएका छन् ।

लोक सेवा आयोगले सञ्चालन गर्ने निजामती सेवा, सुरक्षा निकाय र संगठित संस्था तर्फका लिखित परीक्षाका कार्यक्रम अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको शर्माले विज्ञप्तिमार्फत जनाएका छन । त्यस्तै मनकामना केवलकार शनिवारदेखी बन्द हुने भएको छ । मनकामना व्यवस्थापन समितिले यस्तो निर्णय गरेको हो । समितिले शनिवारदेखी चैत ३० गतेसम्म बन्द गर्ने चितवन कोई लिमिटेडका कार्यकारी निर्देशक राजेबावु श्रेष्ठले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस्