कामना सेवा बैंकको कोरोना विरुद्ध यस्तो छ रणनीति, कर्मचारीलाई घरै बसेर काम गर्ने सुविधा « Arthapath.com
७ चैत्र २०७६, शुक्रबार

कामना सेवा बैंकको कोरोना विरुद्ध यस्तो छ रणनीति, कर्मचारीलाई घरै बसेर काम गर्ने सुविधा



काठमाडौं । कामना सेवा बिकास बैंकले कोरोना भाईरस रोकथाम तथा नियन्त्रणका लागि सक्रिय भएर लागेको बताएको छ । विश्वभरि फैलिरहेको कोरोना भाईरसको नियन्त्रण तथा रोकथामका लागि कामना सेवा बैंकले आफ्ना कर्मचारीहरुलाई विशेष ब्यवस्था गरेको छ ।

कोरोना भाईरस (कोभिड १९)को विरुद्ध बैकले कर्मचारीहरुलाई मुभमेन्ट कम गर्दै एक्सेस भएको ठाउँबाटै कार्य गर्न निर्देशन दिएको छ । अब बैंकका निश्चित कर्मचारीहरुले घरमै बसेर पनि काम गर्न सक्ने छन् । त्यस्ता कर्मचारीको हाजिरी अनलाईनबाटै गर्न सक्ने बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले बताए ।

देशभरिरहेका सबै शाखा कार्यालयका कर्मचारीलाई विशेष सर्तकता अपनाउदै र ग्राहकको काममा बाधा नपुग्ने गरि उतकृष्ट सेवा दिन बैंकले आग्रह गरेको छ । बैंकले हालसम्म उपत्यकाका तथा देशभरका विभिन्न शाखाहरुमा सेनिटाईजर वितरण गरिसकेको जनाएको छ । त्यस्तै केही ठूला शाखाहरुमा तापक्रम जाँच गर्ने थर्माेमिटरको प्रयोग सुरु गरिसकेको छ भने माक्सको माग गरेको र केहि दिनमा नै सबै शाखामा वितरण गर्ने कामना सेवा बिकास बैंकका प्रमुख कार्यकारी अधिकृत बस्नेतले बताए ।

यस रणनीतिले कोरोना विरुद्ध सरकारको अभियानलाई केही सहयोग पुग्ने बैंकको धारणा रहेको छ ।


प्रतिक्रिया दिनुहोस्