लकडाउन झनै कडा गर्न प्रधानमन्त्रीको निर्देशन, वैशाख २५ गतेदेखि मोडालिटी बदल्ने « Arthapath.com
२१ बैशाख २०७७, आईतवार

लकडाउन झनै कडा गर्न प्रधानमन्त्रीको निर्देशन, वैशाख २५ गतेदेखि मोडालिटी बदल्ने



काठमाडौँ । सरकारले वैशाख २५ गतेपछि लकडाउन नयाँ शैलीमा लागु हुने भएको छ । जोखिमका आधारमा गाढा रातो, रातो, पहेँलो र हरियो गरी चारवटा सूचकमा बाँड्ने र त्यही आधारमा क्रमशः अतिउच्च जोखिम, उच्च जोखिम, सामान्य र न्यून जोखिमयुक्त जिल्ला भनेर लकडाउन जारी गर्ने सरकारले तयारी गरिरहेको छ ।

तर, प्रधानमन्त्री ओलीले लकडाउनको पालना र भारतसँगको सीमामा आवातजावत कडाइ गर्न गृह मन्त्रालयलाई निर्देशन दिएका छन् । आइतबार बसेको मन्त्रिपरिषदको बैठकमा प्रधानमन्त्री ओलीले लकडाउनका कारण नै कोरोना नियन्त्रणमा रहेको उल्लेख गर्दै पछिल्ला दिनमा लकडाउन उल्लंघनका घटना बढेको बताए ।


प्रतिक्रिया दिनुहोस्