सांसदको लोगोको मूल्य ५५ सय, दुई लाल सुनको जलप « Arthapath.com
३२ श्रावण २०७७, आईतवार

सांसदको लोगोको मूल्य ५५ सय, दुई लाल सुनको जलप



कठमाडौं । संघीय संसदले नयाँ लोगोको मुल्य ५ हजार ५ सर २७ रुपैयाँ परेको छ । आइतबार नेपालको अद्यावधिक गरिएको राजनीतिक तथा प्रशासनिक नक्सा अंकित नयाँ लोगो संघीय संसदका पदाधिकारीहरुलाई हस्तान्तरण गरिएको छ ।

संघीय संसदका महासचिव डा. भरतराज गौतमले सिंहदरवारस्थित सभामुखको कार्यकक्षमा सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र राष्ट्रिय सभाका उपाध्यक्ष शशीकला दहाललाई लोगो हस्तान्तरण गरेका छन् ।

लोगोमा दुई लाल सुनको जलप, एक तोला चाँदीको बेस र ३.५ सेन्टिमिटर व्यास रहेको छ ।


प्रतिक्रिया दिनुहोस्