आइपिएलको मुख्य प्रायोजक ड्रिम ११, कतिमा भयो डिल ? « Arthapath.com
२ भाद्र २०७७, मंगलवार

आइपिएलको मुख्य प्रायोजक ड्रिम ११, कतिमा भयो डिल ?



काठमाडौं । इन्डियन प्रिमियर लिग २०२० को मुख्य प्रायोजकबाट चिनियाँ मोबाइल कम्पनी भिभोले हात झिकेपछि अनलाइन फेन्टासी स्पोट्र्स कम्पनी ड्रिम ११ हुने करिव करिव पक्का भएको छ ।

भिभोले प्रायोजनका लागि वार्षिक औषत ४४० करोड भारु दिने गरेकोमा अनलाइन फेन्टासी स्पोट्र्स कम्पनी ड्रिम ११ ले सिजनको आइपिएलका लागि २ सय २२ करोड भारुमा मुख्य प्रायोजनको अधिकार पाएको छ ।

सम्झौता मंगलबारदेखि सुरु भएर २०२० को डिसेम्बरमा अन्त्यसम्म हुने भएको छ ।

मुम्बईको कम्पनी ड्रिम ११ सन् २००८ देखि क्रिकेटमा प्रवेश गरेको थियो । उसले च्याम्पियन्स लिग टी२० मा प्रायोजन गरेको थियो ।


प्रतिक्रिया दिनुहोस्