सीमा बजार बन्द भएपछि नाकामा पुगेका नेपाली भोकै « Arthapath.com
१० भाद्र २०७७, बुधबार

सीमा बजार बन्द भएपछि नाकामा पुगेका नेपाली भोकै



काठमाडौं । कैलालीको त्रिनगर भन्सार नाकाबाट स्वदेश फर्कने नेपालीको संख्या केही घटेको छ । सधैँजसो समयमा व्यस्त र भिड हुने गौरीफन्टा नाका केहि दिनदेखी सुनसान बनेको छ । बुधबार अपरान्हसम्म ५५ जना मात्रै स्वदेश भित्रिएका छन् भने ६ जना रोजगारीका लागि भारततर्फ गएका छन् ।

तर, स्वदेश फर्कनेको संख्यामा कमी आएपनि सिमा नाकामा पुगेका भोग्नुपरेको समस्या भने घटेका छैनन् । सिमा नजिकैको डोकेबजार बन्द गर्न कञ्चनपुर प्रशासनले आदेश दिएपछि नाकामा पुगेका नेपालीहरु भोकभोकै बस्न बाध्य भएका छन् ।

गौरीफन्टा नाकामा पुग्ने नेपालीमध्ये केही असक्त र बिरामी समेत छन् । तर उनीहरु समयमा खाना नपाएकोमा चिन्तित मात्र छैनन शारिरीक रुपमा समेत कमजोर बन्न थालेका छन । भारतबाट आएकी बाजुराकी सुनिता शाहले पनि बजार बन्दका कारण खाना नपाएको गुनासो गरिन् । अझ उनको साथमा त सानो शिशु समेत छ । आफ्नो भन्दा साथमा रहेको शिशुको बढी चिन्ता लागेको उनले बताइन् । अहिलेसम्म उतैबाट ल्याएको फलफुलकै भरमा बाचिँरहेको उनले बताईन ।

भारतबाट परिवार सहित आएकाहरु मध्ये केही बालबालिका र वृद्धवृदाहरु समेत छन् । तर बजार बन्दका कारण खानेकुरा नपाउँदा उनीह?को विचल्ली भएको छ । भारतको मुम्बईबाट फर्किएका बैतडीका हरीस मगरले २ दिन यता खाना खान नपाएको बताए । भोको पेटको पिडा सुनाउँदै सिमा नाकामा निकै सास्ती भोग्नु परेको उनले बताए ।


प्रतिक्रिया दिनुहोस्