भारतसँगको तनावका बीच चीनले तिब्बतबारे गर्यो यस्तो घोषणा « Arthapath.com
१४ भाद्र २०७७, आईतवार

भारतसँगको तनावका बीच चीनले तिब्बतबारे गर्यो यस्तो घोषणा



कठामाडौं । भारतसँग सैन्य टकराव बढिरहेका बेला बेइजिङमा तिब्बतको सुरक्षा मामिलामा भएको एउटा महत्वपूर्ण बैठकमा चीनका राष्ट्रपति सी चिनफिङले सीमा सुरक्षालाई उच्च प्राथमिकता दिन निर्देशन दिएका छन् ।

तिब्बतबारे चीनको नीति निर्माणमा सबैभन्दा महत्वपूर्ण मानिने यो सबैभन्दा उच्च तहको दुई दिने बैठक सन् २०१५ पछि पहिलो पटक आयोजना गरिएको हो ।

चिनियाँ सरकारी समाचार एजेन्सी सिन्ह्वाका अनुसार राष्ट्रपति सीले पार्टी, सरकार र सैन्य नेतृत्वमा रहेकाहरुलाई यस्तो निर्देशन दिएका हुन्।

उनले सीमा रक्षालाई अझ मजबुत बनाउँदै भारतसँग सीमा जोडिएको सो क्षेत्रमा राष्ट्रिय सुरक्षा, दीगो शान्ति र स्थायित्व सुनिश्चित गर्न जोड दिएका हुन् ।

राष्ट्रपति सीले बेइजिङमा शनिबार सम्पन्न भएको तिब्बतबारे सातौं केन्द्रीय कार्यशालालाई सम्बोधन गर्दै उच्चअधिकारीहरुलाई सीमा सुरक्षाबारे गम्भीर हुन जोड दिएका हुन् ।

तिब्बतमा स्थिरता कायम राख्न र राष्ट्रिय एकताको रक्षाका लागि अझै प्रयासहरु गर्न आवश्यक रहेको उनको भनाइ थियो । चीनले १९५० मा तिब्बतमाथि नियन्त्रण स्थापित गरेको थियो ।

सरकारी समाचार एजेन्सी सिन्ह्वाका अनुसार राष्ट्रपति जिनपिङले बैठकमा भने, “तिब्बतका विद्यालयहरुमा राजनीतिक र वैचारिक शिक्षामा जोड दिनुपर्ने आवश्यकता देखिएको छ । जसबाट तिब्बतका हरेक युवामा चीनप्रतिको माया बढाउन सकियोस् ।”

तिब्बतमा कम्युनिस्ट पार्टीको भूमिका अझै मजबुत बनाउन जातीय समूहहरुलाई राम्रोसँग एकीकृत गर्न आवश्यक रहेको उनको भनाइ थियो । “हामीले एकजुट, समृद्ध, सभ्य, सामञ्जस्यपूर्ण र सुन्दर, आधुनिक, समाजवादी तिब्बत बनाने संकल्प लिनुपर्छ,” राष्ट्रपति जिनपिङले भने, “तिब्बती बौद्ध धर्मलाई पनि समाजवाद र चिनियाँ परिस्थितिअनुकूल बनाउन जरुरी थियो ।”

तर, आलोचकहरुले भनेका छन् कि ‘यदि जिनपिङले बैठकमा दाबी गरे जसरी चीनबाट तिब्बतमा साँच्चै फाइदा पुगेको भए न त चीनलाई विखण्डनवाद ९अलगाववाद० को डर हुने थिएन, न चीन तिब्बतका मानिसहरुमा शिक्षाका माध्यमबाट ‘नयाँ राजनीतिक चेतना’ भर्ने कुरा गथ्र्यो ।’

निर्वासित आध्यात्मिक नेता दलाई लामाको पक्षमा वकालत गर्ने आलोचकहरुको भनाइ छ( ‘चीनले तिब्बतका नागरिक र उनीहरुको संस्कृतिमाथि नराम्रो गरेको छ ।बीबीसी हिन्दी


प्रतिक्रिया दिनुहोस्