नेपाल इन्स्योरेन्समा पोखरेलको इन्ट्री, ३ वर्षमा यस्तो सुधार, कम्पनीले मार्ला त छलाङ ? « Arthapath.com
१६ भाद्र २०७७, मंगलवार

नेपाल इन्स्योरेन्समा पोखरेलको इन्ट्री, ३ वर्षमा यस्तो सुधार, कम्पनीले मार्ला त छलाङ ?



काठमाडौं । नेपालकै सबैभन्दा पुरानो निर्जीवन बीमा कम्पनी नेपाल इन्स्योरेन्सको डेपुटी सिईओमा ईश्वर पोखरेल नियुक्त भएका छन । पोखरेलले भदौ १५ गते सोमबारदेखी कार्यभार सम्हालेका छन । पोखरेललाई कम्पनीका प्रमुख कार्यकारी अधिकृत विजयबहादुर शाहले सोमबार स्वागत गरेका थिए ।

नेपालको ७३ वर्ष पुरानो बीमा कम्पनी नेपाल इन्स्योरेन्समा विगत लामो समयदेखी डेपुटी सिईओविहिन रहेको थियो । कम्पनीले प्रतिस्प्रर्धी बजारमा आक्रामक बजार विस्तार गर्न डेपुटी सिईओ र डिजिएम नियुक्ती गरेको हो । नवनियुक्त डेपुटी सिईओ पोखरेल युनाइटेड फाइनान्समा लामो समयदेखी डेपुटी सिईओ रहेका थिए ।

डेपुटी सिईओ पोखरेल

नेपाल बैंकको मुख्य लगानी रहेको नेपाल इन्स्योरेन्स पुरानै सरकारी शैलिमा संचालित थियो । नेपाल बैंकले बीमा समितिको निर्देशन बमोजिम सेयर स्वामित्व १५ प्रतिसतभन्दा कममा ल्याएपछि नेपाल इन्स्योरेन्स बजारमा अन्य कम्पनीझै प्रतिस्प्रर्धी बन्दै आएको छ । त्यस पहिले नेपाल बैंकबाट जागिर छाडेकाले इन्स्योरेन्स चलाउने प्रचलन थियो ।

डेपुटी सीईओ पोखरेललाई स्वागत गर्दै सीईओ शाह ।

जव ३ वर्ष अघि एनएलजी इन्स्योरेन्सबाट सीईओमा विजयबहादुर शाहको इन्ट्री भयो कम्पनीले आफ्नै रफ्तार लिन थाल्यो । सरकारी शैलीमा काम हुँदै आएको नेपाल इन्स्योरेन्सका अधिकांस पुराना कर्मचारी अवकाश पाए भने नयाँ दक्ष कर्मचारीको प्रवेश हुँदै आयो ।

अहिले नेपाल इन्स्योरेन्समा बाहिरबाट आएका दक्ष कर्मचारीको बाहुल्य छ भने संचालक समिति पनि युवा र बीमा बुझेकाहरुको टिम रहेको छ । शाहको नेतृत्व १ वर्ष बाँकी हुँदै कम्पनीले एकैपटक डेपुटी सिईओ र डिजिएम नियुक्त गरिसकेको छ । इन्स्योरेन्सको डिजिएममा निरज बस्नेत नियुक्त भएका छन । बस्नेत प्रिमियर इन्स्योरेन्सको फाइनान्स हेड रहेका थिए । वस्नेतले कार्तिक १ गतेदेखी कार्यभार सम्हाल्ने बताइएको छ ।

शाहको नेतृत्वले ३ वर्षमा यसरी छलाङ मार्यो

नेपाल इन्स्योरेन्सलाई बाहिरबाट हेर्नेहरुले सरकारी कम्पनी भन्थे । कार्यशैलीमा आउने सुस्तता र विजनेशलाई हेर्ने हो भने सरकारी कम्पनीजस्तै अवस्थामा रहेको नेपाल इन्स्योरेन्सले ३ वर्षमा उल्लेख्य छलाङ मारेको देखिन्छ ।

सिईओ विजयबहादुर शाह

३ वर्ष अघि जव कम्पनीको संचालक समितिले कम्पनी माथि उठाउने योजना सहित इन्स्योरेन्स बुझेका विजयबहादुर शाहलाई सिईओ नियुक्ती गर्यो तव कम्पनीले गति लिन थाल्यो । ३ वर्ष अघि ७३ करोड बीमा शुल्क रहेको कम्पनीको हाल ११७ करोड पुगेको छ । चुक्तापुँजी ३८ करोडबाट ११५ करोड पुग्यो भने लगानी १७० करोडबाट २३५ करोड पुग्यो । १८ शाखाबाट ४९ पुगे भने कम्पनीको नाफा ५ करोडबाट २३ करोड पुग्यो । त्यस्तै कर्मचारी १८० जनाबाट २६५ जना पुगे । ३ वर्षको अवधीमा कम्पनीमा आएको वित्तिय सुधार सन्तोषजनक रहेको छ ।

इन्स्योरेन्सको वित्तिय अवस्था ।

भुकम्पपछि घाटामा रहेको कम्पनीले ३ वर्षमा लगानीकर्तालाई साँढे ७ प्रतिशतका दरले रिर्टनसमेत दिन सक्षम भयो । सरकारी काम गर्ने तौर तरिकाको कम्पनीमा ३ वर्षमै आएको यो सुधार र निजीकरणको अभ्यास इन्स्योरेन्स बजारमै लोभलाग्दो छ । यही कम्पनीमा बीमा क्षेत्रमा अनुभवी सीईओ विजयबहादुर शाह, बैंकिङ क्षेत्रमा लामो अनुभव भएका पोखरेल र बीमा र चाटर्ड एकाउन्टेनसमेत रहेका निरज बस्नेतको टिमले अझै छलाङ मार्ने लक्ष्य लिएको छ ।


प्रतिक्रिया दिनुहोस्