दशैं शुरुभएसंगै ललितपुरमा आजदेखि अघोषित निषेधाज्ञा, अत्यआवश्यक बाहेक सबै सेवा बन्द « Arthapath.com
२ कार्तिक २०७७, आईतवार

दशैं शुरुभएसंगै ललितपुरमा आजदेखि अघोषित निषेधाज्ञा, अत्यआवश्यक बाहेक सबै सेवा बन्द



काठमाडौं । करिव ६ महिना लामो लकडाउन पछि सरकारले खुकुलो गरेको एक महिनापछि फेरि निषेधाज्ञा हुने भएको छ । देशका अन्य जिल्लामा भन्दा बढी कोरोना संक्रमित काठमाडौं उपत्यकामा देखिन थालेपछि निषेधाज्ञा लगाइएको हो । उपत्यकाका तीन जिल्लामध्ये ललितपुरमा आज(आइतबार) बाट निषेधाज्ञा लाग्ने भएको छ ।

नेपालीको मुख्य पर्व दशैं शुरु भएसंगै ललितपुरमा निषेधाज्ञा लगाइएको हो । जिल्ला प्रशासन कार्यालय ललितपुरले सरुचना जारि गर्दै अघोषित निषेधाज्ञा लगाएको हो ।

कोरोनाको संक्रमण फैलने उच्च जोखिम रहेको भन्दै जिल्ला प्रशासन कार्यालय ललितपुरले शुक्रबार विज्ञेप्ती जारी गर्दै कात्तिक २ गतेदेखी अत्यआवश्यक बाहेकका सबै सेवा बन्द गर्ने जनाएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतद्वरा जारी विज्ञेप्तीमा जिल्ला भरी अत्यआवश्यक बाहेक घर बाहिर ननिस्कन आम नागरिकमा अनुरोेध गरेको हो । आइतबारसम्म ललितपुरमा ६ हजार ८१ जनामा कोरोना संक्रमण देखिएको छ । ललितपुरमा हालसम्म पुरुष संक्रमित ३ हजार ४४३ जना र महिला संक्रमित २ हजार ६३८ जनामा पुष्टि भएको छ ।


प्रतिक्रिया दिनुहोस्