कोरोनाले भयवह बन्दै अमेरिका, एकैदिन ९१ हजार ५ सय संक्रमित « Arthapath.com
१४ कार्तिक २०७७, शुक्रबार

कोरोनाले भयवह बन्दै अमेरिका, एकैदिन ९१ हजार ५ सय संक्रमित



काठमाडौं । विकशित राष्ट्र अमेरिकामा कोरोनाको संक्रमण दर उच्च बन्दै गएको छ । अमेरिकामा कोरोना संक्रमितको संख्या एकैदिन ९२ लाख नाघेको छ । यो संख्या हालसम्मकै उच्च हो ।

पछिल्लो २४ घण्टामा थप ९१ हजार ५३० जनामा कोरोना संक्रमण पुष्टि भएको बताइएको छ । अमेरिकामा हालसम्म ९२ लाख १२ हजार ७६७ जनामा कोरोना देखिएको छ । हालसम्म संक्रमितमध्ये ५९ लाख ८३ हजार ३४५ जना संक्रमणमुक्त भएर घर फर्केका छन । हालसम्म २९ लाख ९५ हजार २४५ जना भने अस्पतालमा उपचार गराइरहेका छन । त्यसमध्ये पनि १६ हजार ९५० जनाको अवस्था गम्भिर रहेको छ ।

अमेरिकामा कोरोनाले २ लाख ३४ हजारको ज्यान लिइसकेको छ । २४ घण्टामा थप १०४७ जनाको मृत्यु भएसँगै अमेरिकामा कोरोनाले ज्यान गुमाउनेको संख्या २ लाख ३४ हजार १७७ पुगेको हो ।


प्रतिक्रिया दिनुहोस्