गत बर्ष झन्डैै २ अर्ब ४२ करोड रुपैयाँको फूलको कारोबार, यस बर्ष स्वदेशी उत्पादनले धान्ने « Arthapath.com
१९ कार्तिक २०७७, बुधबार

गत बर्ष झन्डैै २ अर्ब ४२ करोड रुपैयाँको फूलको कारोबार, यस बर्ष स्वदेशी उत्पादनले धान्ने



काठमाडौं । यस बर्षको तिहारमा भारतबाट फूल आयात नगरिने भएको छ । कोरोना भाइरसका कारण यसवर्ष पुष्प व्यापारमा कमी आउने सक्ने भन्दै व्यवसायीहरुले स्वदेशी उत्पादनले नै धान्ने भएकाले यसपटक भारतबाट फूल आयत नगर्ने फ्लोरिकल्चर एसोसीएसनको अध्यक्ष कुमार कसजु श्रेष्ठले जानकारी दिए । गतवर्ष भारतबाट २ लाख माला आयात गरिएको थियो । भारतबाट २ लाख माला आयात हुँदा पनि एउटै मालाको मूल्य सामान्यमालाको मूल्य १ सय ५० रुपैयाँ देखि ७ सयसम्म रहेको थियो ।

यसवर्षको तिहारमा १५ लाख सयपत्रि फूलको माला खपत हुने अनुमान गरिएको छ । फ्लोरीकल्चर एसोसिएनका अनुसार गतवर्ष २५ लाख खपत्त भएकोमा यसपटक घट्ने भएको हो । गतवर्षमा २० प्रतिशत माग धानेने पनिफूलको मूल्य बढेको थियो भने यसपटक मूल्यझनै बढ्न सक्ने भएको छ । एसोसिएसनका अनुसार गतवर्ष तिहारमा सयपत्रि फूलको मालामात्र २२ लाखको कारोबार भएको थियो ।

गत आर्थिक बर्षमा झन्डैै २ अर्ब ४२ करोड रुपैयाँको फूलको कारोबार भएको एसोसिएसनले जनाएको छ ।उपत्यकामा खपत फूलको माला सयपत्री काभ्रे, नुवाकोट, सिन्धुपाल्चोक, धादिङ, मकवानपुर लगायतका जिल्लामा उत्पादन हुन्छ । धादिङ, मकवानपुरको हेटौंडा र मनोहरीमा सबैभन्दा बढी व्यवसायिकरुपमा सयपत्री खेती गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्