१९१३ जना कोरोना संक्रमित थपिए, २२४९ जना संक्रमणमुक्त, १५ जनाको मृत्यु « Arthapath.com
२७ कार्तिक २०७७, बिहीबार

१९१३ जना कोरोना संक्रमित थपिए, २२४९ जना संक्रमणमुक्त, १५ जनाको मृत्यु



काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १९१३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसहित कुल कोरोना संक्रमितको संख्या २ लाख ४ हजार २४२ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभर २२४९ जना संक्रमणमुक्त भएका छन् । योसँगै हालसम्म १ लाख ६४ हजार ५९२ जना निको भएका छन् ।

आज देशभर ३८ हजार ४६१ जना सक्रिय संक्रमित छन् । पछिल्लो २४ घन्टामा १५ जना संक्रमितको मृत्यु भएको छ । योसँगै मृत्यु हुने संक्रमितको संख्या ११८९ पुगेको छ ।

२४ घण्टामा १० हजार २२ जनाको पिसिआर परीक्षण भएको छ । यो सँगै नेपालमा पिसिआर परीक्षण गर्नेको संख्या १५ लाख ८४ हजार ३ सय १७ पुगेको छ । हाल ९ सय ७४ क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्