बिहीबारदेखि नेपाल फाइनान्सले १६ लाख ९७ हजार कित्ता हकप्रद शेयर निष्काशन गर्दै « Arthapath.com
२ मंसिर २०७७, मंगलवार

बिहीबारदेखि नेपाल फाइनान्सले १६ लाख ९७ हजार कित्ता हकप्रद शेयर निष्काशन गर्दै



काठमाडौं । नेपाल फाइनान्स कम्पनीले मंसिर ४ गतेदेखि हकप्रद शेयर निष्काशन तथा बिक्री खुल्ला गर्ने भएको छ । फाइनान्सले चुक्ता पूँजीको १२५ प्रतिशत अर्थात १ कित्ता बराबर १.२५ कित्ता अनुपातमा १६ करोड ९७ लाख ५० हजार ६२५ रुपैयाँ बराबरको प्रति शेयर १ सय अंकित दरका १६ लाख ९७ हजार ५ सय ६.२५ कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो ।

कम्पनीको हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले जारी गर्न लागेको हकप्रद शेयरलाई क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्रा एनपि आइआर सी वान’ रेटिङ्ग प्रदान गरेको छ । उक्त हकप्रदमा लगानीकर्ताले प्रतिकित्ता १०० रुपैयाँको दरले मंसिर ४ गते बिहीबारदेखि मंसिर २४ गते बुधबारसम्म आवेदन दिन सक्नेछन् ।

फाइनान्सले हकप्रद शेयर निष्काशन गर्ने प्रयोजनका लागि कात्तिक ६ गते बिहीबार एक दिनका लागि शेयरधनी दर्ता पुस्तिका (बुक क्लोज) गरेको थियो । त्यसैले, कार्तिक ५ गते बुधबारसम्म नेप्सेमा कायम शेयरधनीहरूले मात्र यस हकप्रदमा आवेदन दिन सक्नेछन् ।


प्रतिक्रिया दिनुहोस्