४ महिनामा साढे ८ प्रतिशतमात्रै पुँजीगत खर्च « Arthapath.com
२ मंसिर २०७७, मंगलवार

४ महिनामा साढे ८ प्रतिशतमात्रै पुँजीगत खर्च



काठमाडौं । चालु आर्थिक बर्षको पहिलो त्रैमासमा सरकारे पुँजीगत खर्च न्यून रहेको छ । चालु आर्थिक वर्ष २०७७÷०७८ को पहिलो ४ महिनामा मात्र साढे ८.३४ प्रतिशत पूँजिगत खर्च भएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ ।

सरकारले चालु आवमा कुल ३ खर्ब ५२ अर्ब ९१ करोड रुपैयाँ पूँजिगत खर्चको लक्ष्य राखेको छ । तर, पहिलो चार महिनामा मात्र २९ अर्ब २३ करोड रुपैयाँ पूँजिगत खर्च लागि भएको छ ।

त्यस्तै यस अवधिमा साधारण खर्च २ खर्ब ३० अर्ब १२ करोड रुपैयाँ रहेको छ । यो लक्ष्यको तुलनामा २४.२५ प्रतिशत हो । चालु आवमा कुल ९ खर्ब ४८ अर्ब ९४ करोड साधारण खर्चको लक्ष्य राखिएको छ ।

यसरी साधारण, पूँजिगत र वित्तीय हस्तान्तरणसमेत गरी पहिलो चार महिनामा कुल बजेट खर्च २ खर्ब ६९ अर्ब ६७ करोड रुपैयाँ खर्च भएको छ । यो कुल लक्ष्यको १८.२५ प्रतिशत खर्च हो ।

चार महिनामा वित्तीय व्यवस्थातर्फ ९ अर्ब ५० करोड रुपैयाँ खर्च भएको छ । यो लक्ष्यको ५.५० प्रतिशत हो । सरकारले चालु आर्थिक वर्षमा कुल १४ खर्ब ७४ अर्ब ६४ करोड रुपैयाँको बजेट कार्यान्वयन गरिरहेको छ ।


प्रतिक्रिया दिनुहोस्