समृद्धि फाइनान्स १८ लाख कित्ता शेयर लिलामीमा विक्री गर्दै « Arthapath.com
९ मंसिर २०७७, मंगलवार

समृद्धि फाइनान्स १८ लाख कित्ता शेयर लिलामीमा विक्री गर्दै



काठमाडौं । समृद्धि फाइनान्सले १८ लाखभन्दा बढी कित्ता शेयर लिलामीमा विक्री गर्ने भएको छ । कम्पनीले मंसिर १० गतेदेखि अवितरित १८ लाख ५१ हजार ३५७ कित्ता हकप्रद शेयर लिलामी प्रकृयाबाट विक्री गर्ने जनाएको छ ।

कम्पनीले गत असोज १६ देखि कात्तिक ६ गतेसम्म विक्री खुला गर्दा वितरण हुन नसकेको संस्थापक तर्फको १३ लाख ८५ हजार २६८ कित्ता र सर्वसाधारण तर्फको ४ लाख ६६ हजार ८९ कित्ता शेयर लिलामीमा विक्री गर्न लागेको हो । शेयरको न्यूनतम मूल्य रु. १०० तोकिएको छ । विक्री प्रबन्धकमा बिओके क्यापिटल मार्केट लिमिटेड रहेको छ । हाल कम्पनीको चुक्तापूँजी रू. १८ करोड १९ लाख ८० हजार रहेको छ । सोहि पूँजीको आधारमा कम्पनीले दुई सय प्रतिशत हकप्रद शेयर विक्री गरेको थियो ।


प्रतिक्रिया दिनुहोस्