साल्ट ट्रेडिङले ३५ प्रतिशत लाभांश दिने, बुक क्लोज कहिले ? « Arthapath.com
९ मंसिर २०७७, मंगलवार

साल्ट ट्रेडिङले ३५ प्रतिशत लाभांश दिने, बुक क्लोज कहिले ?



काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले ३५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । लाभांश पारित आगामी मंसिर ३० गते ५३ औं वार्षिक साधारण सभामा हुने भएको छ । कम्पनीले २५ प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव सहित वार्षिक साधारण सभा आव्हान गरेको हो ।

लाभांश र वार्षिक साधारण सभा प्रयोजनका लागि कम्पनीले मंसिर १५ गतेदेखि बुक क्लोज गर्ने जानकारी दिएको छ । यस आधारमा मंसिर १४ गतेसम्म कायम शेयरधनीहरुले मात्र प्रस्तावित लाभांश पाउनेछन् ।


प्रतिक्रिया दिनुहोस्