प्रभु लाइफले पायो ६० करोडको आइपीओ जारी गर्ने अनुमति « Arthapath.com
१२ मंसिर २०७७, शुक्रबार

प्रभु लाइफले पायो ६० करोडको आइपीओ जारी गर्ने अनुमति



काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स कम्पनीले ६० करोड रुपैयाँको आइपीओ जारी गर्ने अनुमति पाएको छ । बोर्डले आज प्रकाशित गरेको सूचना अनुसार १०० रुपैयाँ अंकित दरका ६० लाख कित्ता आईपिओ जारी गर्न अनुमति दिएको हो ।

आइपीओ जारी गरेपछि प्रभु लाइफको चुक्ता पुँजी २ अर्ब रुपैयाँ पुग्नेछ । प्रभुको आइपीओ निष्काशन गर्न सिद्धार्थ क्यापिटललाई बिक्रि प्रबन्धक तोकिएको छ ।सर्वसाधारणका लागि प्राथमिक शेयर निष्कासन गर्न माग गर्दै नेपाल धितोपत्र बोर्डमा प्रभु लाइफ इन्स्योरेन्सले निवदेन दिएको थियो।


प्रतिक्रिया दिनुहोस्