एसएलआर टेक्नोको बालाजुमा आफ्नो शाखा विस्तार « Arthapath.com
१९ मंसिर २०७७, शुक्रबार

एसएलआर टेक्नोको बालाजुमा आफ्नो शाखा विस्तार



काठमाडौं । एसजी संस्था (SG Organization) अन्तर्गत Motorhead Brand का मोटरसाइकल तथा Spare Parts को नेपालका लागी आधिकारीक वितरक एस.एल.आर टेक्नो प्रा.लि. ले ग्राहक सामू आफ्नो पहूच अझ नजिक बनाउन र आफ्ना सेवा विस्तार गर्ने उद्देश्यले बालाजुमा आफ्नो शाखा विस्तार गरेको छ ।

शाखा उद्घाटनको अवसरमा प्रमुख अतिथिको रुपमा काठमाण्डौं महानगरपालिका वडा नं १६ का वडा अध्यक्ष मुकुन्द रिजाल रहेका थिए । विशेष अतिथि नेपाल रिकन्डिसन एसोसिएशनका भूपू अध्यक्ष वि.एन पाठक तथा नेपाल अटो टे«ड युनियनको तर्फबाट माधव पाण्डे लगायत विभिन्न मिडिया सहकर्र्मीहरुद्धारा उद्घाटन समारोह सम्पन्न गरिएको हो । कोरोना महामारीको समयमा कम्पनीले उक्त समारोहमा उपस्थित सम्पूर्ण आगन्तुकहरुलाई आवश्यक सर्तकता अपनाउँदै मास्क तथा स्यानिटाइजरको उचित व्यवस्था गरेको थियो ।

बिक्रि, स्पेयर तथा बिक्रि पछिको तीन वटै सुविधा सम्पन्न उक्त शाखामा प्रा.लि. ले अत्याधुनिक प्रविधि र कुशल जनशक्ति परिचालन गरेको छ । अटोमाबाइल क्षेत्रमा छोटो समयमै आफ्नो सवल व्यवस्थापनले ब्राण्डलाई स्थापित गर्न सकेको यस प्रा.लि.ले ललितपुर र भक्तपुर पश्चात यो तेस्रो शाखा ग्राहकहरुको सहजताको निमित्त सञ्चालनमा ल्याउँदै गरेको जानकारी प्रा.लि.ले दिनु भयो । आकर्षक मोडल र मुल्यमा उपलब्ध मोटरहेडका अहिले ७ मोडलका बाइकहरु नेपाली ग्राहकहरुको रोजाइको बाइक हुन सफल रहेको छ ।

नेपाल अधिराज्यभर प्राय सबै क्षेत्रमा उपलब्ध हुने यो बाइक चाइनामा निर्मित हुन् । कम्पनीले, सोही अनुसार ग्राहकहरुमा दुविधा नरहोस् भन्ने उद्देश्यले नै यस ब्राण्डलाई अझ विश्वासिलो र भरपर्दो बनाउन शुरुवाती काल देखि नै स्पेयर तथा सर्भिसमा विशेष ध्यान पु¥याउँदै आएको जानकारी दिनु भयो । भविष्यमा पनि उपत्यका तथा अन्य बजारमा कम्पनीले आधिकारीक सर्भिस सेन्टर तथा स्पेयर पार्ट्सहरु सन्चालनमा ल्याई ग्राहकहरुमाझ सन्तुष्टिको आभास कायम राख्ने विश्वास दिलाउनु भयो । हाल उपत्यका यस ब्राण्डको उपस्थिति धोबिघाट, बालाजु, टेकु, मित्रपार्क चावहिल र भक्तपुर गरी ५ ठाउँमा रहेको छ भने उपत्यका बाहिर पोखरा, बाग्लुङ, चितवन, दाङ, नेपालगंज, सुर्खेत, इटहरी, बिरगंजमा रहेको छ । हाल कम्पनीमा Tekken 250, Scrambler 250, Sports Road 250, Sports Offroad 250, X-Torque 250, MH-200X / MH-150R गरी डर्ट, स्क्राम्ब्लर र क्रस ओभर Segment का ७ मोडलहरु रहेका छन् । साथै कम्पनीले Motorhead ब्राण्डका आफ्ना ग्राहकहरुको क्रेज र Brand प्रतिको मोहलाई अझ बढाउन दिन भविष्यमा अन्य मोडलहरु अत्याधुनिक प्रविधिको साथ बजारमा ल्याउने जानकारी पनि दिनुभयो । कम्पनीले आफ्नो बालाजु स्थित उद्घाटन विशेष अफरको स्वरुप स्पेयर पाट्र्समा १०% छुट, लेभर चार्जमा ५०% छुट तथा फ्री बाइक वासिङ र बाइक खरिद गर्दा रु.१५,००० छुटको व्यवस्था गरेको छ ।


प्रतिक्रिया दिनुहोस्