यी १५ बैंकको लाभांश घोषणा, कुन बैंकले कति दियो ? « Arthapath.com
२३ मंसिर २०७७, मंगलवार

यी १५ बैंकको लाभांश घोषणा, कुन बैंकले कति दियो ?



काठमाडौं । गत आर्थिक वर्षको नाफाबाट बैंक तथा वित्तिय संस्थाले आफ्ना शेयरधनीलाई धमाधम लाभांश घोषणा गरिरहेका छन् । साधारण सभाबाट पारित भएपश्चात उक्त लाभांश शेयरधनीहरूलाई वितरण गरिने भएको छ ।

१. प्रभु बैंक
प्रभु बैंकले आर्थिक वर्ष २०७६/०७७ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई १० प्रतिशत बोनस शेयर र ०.५२ प्रतिशत नगद (कर प्रयोजनका लागि) गरी कुल १०.५२ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।

२. सिद्धार्थ बैंक
सिद्धार्थ बैंकले आर्थिक वर्ष २०७६/०७७ को मुनाफाबाट १२ प्रतिशत बोनस शेयर र कर सहित ३ प्रतिशत नगद गरि १५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।

३. एनआईसी एशिया बैंक
एनआईसी एशिया बैंकले आर्थिक वर्ष २०७६/०७७ को मुनाफा तथा सञ्चित मुनाफाबाट १९ प्रतिशत बोनश शेयर र कर प्रयोजनार्थ १ प्रतिशत नगद लाभांश वितरण गर्ने गरि २० प्रतिशत लाभांश दिने भएको छ ।

४. बैंक अफ काठमाण्डू
बैंक अफ काठमाण्डू लिमिटेडले आर्थिक वर्ष २०७६/०७७ को सञ्चित मुनाफाबाट १३ प्रतिशत बोनस शेयर र ३ प्रतिशत नगद गरी कुल १६ प्रतिशत लाभांश दिने गर्ने प्रस्ताव गरेको छ ।

५. ग्लोबल आइएमई बैंक
ग्लोबल आइएमई बैंकले आर्थिक वर्ष २०७६/०७७ को वितरण योग्य मुनाफाबाट १४ प्रतिशत बोनस शेयर र २ प्रतिशत नगद गरी कुल १६ प्रतिशत नगद लभांश दिने प्रस्ताव गरेको छ ।

६. कुमारी बैंक
कुमारी बैंकले आर्थिक वर्ष २०७६/०७७ को मुनाफाबाट १०.५ प्रतिशत बोनस शेयर र ३.१५ प्रतिशत नगद गरी कुल १४ प्रतिशत लभांश दिने प्रस्ताव गरेको छ ।

७. सानिमा बैंक
सानिमा बैंकले आर्थिक वर्ष २०७६/०७७ को मुनाफाबाट १० प्रतिशत बोनस शेयर र ३.६० प्रतिशत लभांश दिने प्रस्ताव गरेको छ ।

८. सिटिजन्स बैंक
सिटिजन्स बैंकले आर्थिक वर्ष २०७६/०७७ को मुनाफाबाट बैंकका ८ प्रतिशत बोनस शेयर र ३ प्रतिशत नगद गरी कुल ११ प्रतिशत नगद लभांश दिने प्रस्ताव गरेको छ ।

९. माछापुच्छ्रे बैंक
माछापुच्छ्रे बैंकले आर्थिक वर्ष २०७६/०७७ को मुनाफाबाट ७.०३ प्रतिशत बोनस शेयर र ३.३७ प्रतिशत नगद गरी कुल १०.४० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।

१०. हिमालयन बैंक
हिमालयन बैंकले आर्थिक वर्ष २०७६/०७७ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई १४ प्रतिशत बोनस शेयर र ६ प्रतिशत नगद गरी कुल २० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।

११. स्ट्याण्डर्ड चार्टर्ड बैंक
स्ट्याण्डर्ड चार्टर्ड बैंकले आर्थिक वर्ष २०७६/०७७को मुनाफाबाट ७ प्रतिशत बोनश शेयर र ४.८४ प्रतिशत नगद गरी कुल ११.८४ प्रतिशत लभांश दिने प्रस्ताव गरेको छ ।

१२. सनराइज बैंक
सनराइज बैंकले आर्थिक वर्ष २०७६/०७७को मुनाफाबाट बैंकका ५.८० प्रतिशत बोनस शेयर र २.४८ प्रतिशत नगद गरी कुल ८.२८ प्रतिशत लाभांश दिने भएको हो ।

१३. एभरेष्ट बैंक
एभरेष्ट बैंकले आर्थिक वर्ष २०७६/०७७ को मुनाफाबाट ५ प्रतिशत बोनश शेयर र ५.५३ प्रतिशत नगद गरी कुल १०.५३ प्रतिशत नगद लभांश दिने प्रस्ताव गरेको छ ।

१४. नेपाल एसबिआई बैंक
नेपाल एसबिआई बैंकले आर्थिक वर्ष २०७६/०७७ को मुनाफाबाट ६ प्रतिशत बोनस शेयर र ३.४७ प्रतिशत नगद गरी कुल ९.४७ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।

१५. नेपाल बंगलादेश बैंक
नेपाल बंगलादेश बैंकले आर्थिक वर्ष २०७६/०७७ को मुनाफाबाट ६ प्रतिशत बोनस शेयर र २.४२ प्रतिशत नगद गरी कुल ८.४२ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।


प्रतिक्रिया दिनुहोस्