राष्ट्र बैंकले ३० अर्ब रूपैयाँको निक्षेप संकलन गर्दै « Arthapath.com
२ पुष २०७७, बिहीबार

राष्ट्र बैंकले ३० अर्ब रूपैयाँको निक्षेप संकलन गर्दै



काठमाडौं । नेपाल राष्ट्र बैंकले ३० अर्ब रूपैयाँ बराबरको निक्षेप संकलन गर्ने भएको छ । नेपाल राष्ट्र बैंकले उक्त ३० अर्ब रूपैयाँ बराबरको निक्षेप बोलकबोल प्रक्रियाबाट संकलन गर्ने भएको हो । बैंकले २८ दिनको अवधिको लागि निक्षेप संकलन उपकरण निष्काशन गर्न लागेको हो ।

निक्षेप संकलन उपकरण खरिद गर्न चाहाने बैंक तथा वित्तीय संस्थाले कम्तिमा ५ करोड रुपैयाँदेखि बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म आवेदन गर्न सकिने बैंकले जनाएको छ । निक्षेप संकलन उपकरणको बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त “क”, “ख” र “ग” बर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउने नेपाल राष्ट्र बैंकले जनाएको छ । ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुने समेत नेपाल राष्ट्र बैंकले बताएको छ ।


प्रतिक्रिया दिनुहोस्