आइएमई “भरोसा कोश” आवेदकहरूलाई जनही ५० हजार « Arthapath.com
३ पुष २०७७, शुक्रबार

आइएमई “भरोसा कोश” आवेदकहरूलाई जनही ५० हजार



कोभिडका कारण विदेशमा ज्यान गुमाएका श्रमिकका आफन्त लाभग्राही

काठमाडौं । कोरोना भाइरस महामारीबाट विदेशमा मृत्यु भएका श्रमिकका आफन्तलाई सहयोग गर्ने उद्देश्यका साथ स्थापित “भरोसा कोश” को रकम वितरण शुरू भएको छ । कोशबाट आवेदकहरूलाई जनही ५० हजारका दरले सहयोग रकम प्रदान गरिएको हो ।

शुक्रबार राजधानी काठमाडौंमा आयोजित एक विशेष कार्यक्रमकाबीच आइएमई ग्रुपका अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका नवनिवाचित बरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल, ग्रुपका प्रबन्ध निर्देशक हेमराज ढकालले संयुक्त रूपमा काठमाडौमा उपलब्ध आवेदकहरूलाई चेक हस्तान्तरण गरि वितरण प्रारम्भ गरेका छन् । आइएमई पे वालेटमार्फत रकम भुक्तान लिन सक्ने व्यवस्था मिलाइएको कोशको सहयोग राशि पुस मसान्तसम्म हस्तान्तरण गरिसक्ने लक्ष्य लिइएको छ ।

सेवा पाउनेमा हिमा देबी कार्की, धना गुरुङ, ज्ञानु सारु, हर्कमाया माझि, रुपा देबी खतिवडा, कृष्न कुमारी राई, उमादेवी शर्माले उक्त रकम पाइका छन् । आइएमई ग्रुपले शुरु गरेको योजनामा हालसम्म ७९ जनाले सहभागी भएका छन् । उनीहरुको पिडालाइ कम गर्न उद्धेश्यले यस्तो योजना ल्याएको कम्पनीले जनाएको छ ।

चेक हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले कोरोनाका कारण श्रमका लागि विदेश गएका धेरै नेपालीको मृत्यु भएको र आश्रित परिवारमा ठुलो पीडा थपिएको महसुस गरि त्यो पीडामा केहि सहयोग गर्न सकिन्छ कि भन्ने सोचका साथ भरोसा कोशको स्थापना गरिएको बताए ।

प्रबन्ध निर्देशक हेमराज ढकालले निजी क्षेत्रबाट स्थापित यस कोशले प्रभावित परिवारलाई केहि न केहि सहयोग पुग्ने उल्लेख गर्दै देश र आफ्नो समाज छाडेर परिवारको लालनपालनका लागि विदेशमा गएका श्रमिकको दखद निधन सम्बन्धित परिवारका लागि मात्र नभई राष्ट्र कै लागि अपुरणीय क्षति भएको बताएका छन् । प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलले भरोसा कोश कोरोनाले विदेशमा मृत्यु भएका श्रमिकका नेपालमा हुने निकटका आफन्तलाई लाई मात्र भएको बताए ।

ब्राण्ड एम्बासडर दीपकराज गिरीले दुखको बेलामा साथ दिने आइएमईको परम्परा स्मरण गर्दै यस्तो परोपकारी कार्यले संस्थालाई झनै मजबुत बनाउने बताए । त्यस्तै ब्राण्ड एम्बासडर दीपाश्री निरौलाले परिवारको लालनपालनका लागि विदेश गएका सदस्य गुमाउनु पर्दा बांच्नेलाई जुन पीडा हुन्छ त्यो पीडा बुझेर आइएमईले स्थापना गरेको भरोसा कोश आफैमा महत्त्वपूर्ण र समग्र निजी क्षेत्रका लागि अनुकरणीय परोपकारी कार्य भएको बताईन ।

बि.स. २०७६ साल पुस १६ गतेदेखि २०७७ साल असोज ३० सम्म कोरोनाका कारण विदेशमा मृत्यु भएका नेपाली श्रमिकका नेपालमा हुने ईच्छुक आफन्तहरूले आवश्यक विवरण सहित पानीपोखरी, काठमाडौंमा अवस्थित आइएमई ग्रुपको केन्द्रीय कार्यालयहरूका साथै सबै प्रदेशमा अवस्थित प्रादेशिक कार्यालयहरूमा मिति २०७७ साल मंसिर १५ गतेसम्म आवेदन दिन सक्नेगरि व्यवस्था मिलाइएको थियो ।


प्रतिक्रिया दिनुहोस्