१९ अर्ब लगानीमा लाप्चे खोला जलविद्युत बन्ने, नेपाल बैंकको अगुवाईमा ९ वटा बैंकपनि सँगसँगै « Arthapath.com
७ पुष २०७७, मंगलवार

१९ अर्ब लगानीमा लाप्चे खोला जलविद्युत बन्ने, नेपाल बैंकको अगुवाईमा ९ वटा बैंकपनि सँगसँगै



काठमाडौं । नेपाल बैंकको अगुवाईमा ९ वटा बैंकले लाप्चे खोला जलविद्युत आयोजनामा लगानी गर्ने भएका छन् । उक्त आयोजनामा ९ वटा बैंकले १९ अर्ब ६५ करोड भन्दा बढी लगानी गर्ने छन् ।

आयोजनामा नेपाल बैंकद्वारा ५ अर्ब, नेपाल ईन्भेष्टमेण्ट बैंकद्वारा ३ अर्ब ५० करोड, कर्मचारी संचयकोषद्वारा २ अर्ब, राष्ट्रिय बाणिज्य बैंकद्वारा २ अर्ब, हिमालयन बैंकद्वारा २ अर्ब, लक्ष्मी बैंकद्वारा १ अर्ब ८८ करोड २५ लाख, नेपाल एसबिआई बैंकद्वारा १ अर्ब, बैंक अफ काठमाण्डौद्वारा १ अर्ब र कृषि बिकास बैंकद्वारा १ अर्ब गरी जम्मा १९ अर्ब ६५ करोड २५ लाखको वित्तिय प्रबन्ध गरिएको हो ।

नेपालमा निजि क्षेत्रको लगानीबाट बन्न लागेको देशकै ठूलो १६० मेगावाटको लाप्चे खोला जलविद्युत आयोजनामा एम. भि. दुगड ग्रुपको मुख्य लगानी रहेको छ । नाशा हाईड्रोपावरले प्रवद्र्धन गर्न लागेको उक्त जलविद्युत आयोजना दोलखा जिल्लाको बिगु गाउँपालिका स्थित लाप्चे खोलामा निर्माण हुने छ ।


प्रतिक्रिया दिनुहोस्