सूर्या लाइफको साधारणसभा माघ ५ गते, यस्ता छन् एजेण्डा « Arthapath.com
८ पुष २०७७, बुधबार

सूर्या लाइफको साधारणसभा माघ ५ गते, यस्ता छन् एजेण्डा



काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७५।०७६ को वार्षिक साधारण सभा माघ ५ गते आह्वान गरेको छ । कम्पनीको सभा होटल ह्यारिसन प्यालेस बजरंगबली मार्ग, विराटनगरमा बिहान ११ बजे हुने छ । सभामा भर्चुअल माध्यमबाट हुने कम्पनीले जनाएको छ ।

सभामा ५ प्रतिशत बोनस शेयर र ५.५२६ प्रतिशत नगद गरी कुल १०.५२ प्रतिशत लाभांश पारित गर्ने छ । साथै, बोनस शेयर जारी गरेपछि शेयर संरचना परिवर्तन हुने भएकाले सोही अनुसार प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पनि अघि बढाउने भएको छ ।

त्यस्तै, कम्पनीले हाल संस्थापक समूहको हिस्सा ७० प्रतिशत र सर्वसाधारण समूहको हिस्सा ३० प्रतिशत रहेको सेयर संरचनालाई परिवर्तन गरी संस्थापक हिस्सा ६० प्रतिशत र सर्वसाधारण हिस्सा ४० प्रतिशत बनाउन लागेको हो ।

सभा प्रयोजनका लागि कम्पनीले पुस १७ गतेदेखि पुस २४ गतेसम्म बुक क्लोज हुनेछ । जसका कारण पुस १६ गतेसम्म कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन पाउनेछन् ।


प्रतिक्रिया दिनुहोस्