मूल सेयर शंकास्पदरूपमा किनबेच भएपछि राष्ट्र बैंकद्वारा लाभांश लैजान रोक « Arthapath.com
१५ पुष २०७७, बुधबार

मूल सेयर शंकास्पदरूपमा किनबेच भएपछि राष्ट्र बैंकद्वारा लाभांश लैजान रोक



काठमाडौं । बहुराष्ट्रिय कम्पनी कोकाकोलाको नेपालका लागि बोटलिङ तथा व्यापार कम्पनी बोटलर्स नेपाल लिमिटेडको मूल सेयर नेपाल बाहिर नै शंकास्पदरूपमा किनबेच भएपछि नेपाल राष्ट्र बैंकले सो कम्पनीको लाभांश नेपालबाट फिर्ता लैजानबाट रोकेको छ ।

बोटलर्स नेपालका रहेको ७६.१७ प्रतिशत स्वामित्व सन् २००४ देखि नै चलाखीपूर्ण तरिकाले बारम्बार कोकाकोला, साउथ वेस्ट होल्डिङ्स लिमिटेड (साब्को) र फेरि कोलकाकोलाकै बीचमा किनबेच भइरहेको खेलपछि राष्ट्र बैंकले कम्पनीको लाभांश फिर्ता लैजानबाट रोकेको हो ।

‘बोटलर्सको बहुमत सेयर किनबेचमा निकै चलाखीपूर्ण तरिकाले स्वामित्व हस्तान्तरण भएको देखियो, नेपाललाई थाहै नदिइ कम्पनीको बहुमत सेयर नेपाल बाहिरै किनबेच भएको र नेपाललाई स्वामित्व हस्तान्तरणका विषयमा गुमराहमा राखेको पाइएपछि राष्ट्र बैंकले लाभांश फिर्ता लैजानबाट रोकेको हो,’ नेपाल राष्ट्र बैंक सोतले जानकारी दियो ।

राष्ट्र बैंकबाट प्राप्त विवरणअनुसार बोटलर्स नेपाल लिमिटेडले २०७४ साउन २६ गते बोटलर्सको स्वामित्वधारी सिंगापुरको एफएन्डएन (फिजर एन्ड निभ) कोकाकोला पिटिइ लि.को सेयर दुबईस्थित कोकाकोला साब्को एसिया लिमिटेडलाई बेचिएको हुँदा विदेशी लगानी लेखांकन गरिदिन भन्दै पत्र लेखेको थियो ।

‘बोटलर्सको ७६ प्रतिशतभन्दा अधिकको सेयर स्वामित्व त्यसरी किनबेच हुँदा कतिमा किनबेच भयो, कुन स्वामित्वधारकले के शर्तमा ग्रहण गर्यो भन्ने कुनै पनि सहायक दस्तावेजहरू कम्पनीले न राष्ट्र बैंकमा पेश गर्यो, न त कम्पनी रजिष्ट्रारको कार्यालयमा नै,’ राष्ट्र बैंक स्रोत भन्छ, ‘यस विषयमा कम्पनी रजिष्ट्रारको कार्यालयबाट २०७५ वैशाख ८ गते राष्ट्र बैंकसँग थप राय मागियो, जबकी राष्ट्र बैंकले त्यसअघि नै कम्पनी रजिष्ट्रारको कार्यालयबाट आवश्यक अतिरिक्त जानकारीको माग गरेर पत्राचार भएको थियो ।’

दुवै निकायबाट मागिएका सेयर स्वामित्व किनबेचसम्बन्धी थप दस्तावेजहरू बोटलर्स नेपालले प्रस्तुत गर्न नसकेपछि राष्ट्र बैंकले आव २०७४/०७५ यताका लाभांश फिर्ता लैजानबाट रोकेको हो ।

‘हाम्रो प्रारम्भिक अनुसन्धानले के देखायो भने बोटलर्स नेपालमा लामो समयदेखि विदेशी लगानीका थपिएको देखिएन । यहीँकै बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएर लगानी विस्तार गर्न े तर लाभां शभन े विदे शी लगानी भने रफिर्ता लैजाने गरेको पाइएपछि यसका आधारसमेत नखुलिञ्जेलसम्म लाभांश फिर्ता लैजान दिने अवस्था छैन,’ राष्ट्र बैंकका ती अधिकारीले भने ।

स्रोतकाअनुसार कम्पनीका क्षमता विस्तारका नाममा बोटलर्स नेपाल र बोटलर्स तराई लिमिटेड दुवैका नाममा सन् २००५ यता स्ट्यान्डर्ड चार्टर्ड बैंक लिमिटेडबाट करिब साढे ६ अर्ब रूपैयाँ ऋण लिइसकिएको छ । सोही ऋण र आन्तरिक आयबाट बोटलर्स नेपालले प्लास्टिक बोटलिङ प्लान्ट, पानी प्रशोधन प्लान्ट र भरतपुरमा नयाँ आधुनिक बोटलिङ प्लान्ट विस्तार गरिएको कम्पनीको वार्षिक प्रतिवेदनहरूबाट देखिएको छ ।

यसअघि सन् २००४ मै अमेरिकी कोकाकोला कम्पनीले आफ्नो ७६ प्रतिशत सेयर कोकाकोला साब्को पिटिई लिमटेडलाई १ करोड ४० लाख अमेरिकी डलरमा बेचे पनि त्यसको एक वर्षपछि २०६१ मामात्र राष्ट्र बैंकलाई यसबारे जानकारी दिइएको थियो । जुन कारोबारमा लाग्ने पुँजीगत लाभकर पछि चुडामणी शर्माको कर फछ्र्यौट आयोगमार्फत थोरैमात्र कर तिरेर मिलान गरिएको थियो ।

त्यसबेला बोटलर्स नेपालले तिर्नुपर्ने कुल कर ६६ करोड ५० लाख ८१ हजार ६९१ रुपैयाँमध्ये चुडामणी आयोगले २३ करोड रुपैयाँ तिर्नुपर्ने ठहर गरी बाँकी साढे ४३ करोड मिन्हा गराइदिएको थियो ।

सवा २ अर्ब संग्दिग्ध भुक्तानी
‘लाइन विस्तार’को नाममा बोटलर्स नेपालले सिंगापुरको फुड एन्ड बेभरेज सोलुसन्स (फ्याब्स) लाई समेत नेपालको प्रचलित कानुनविपरीत भुक्तानी गरेको पाइएको स्रोतले बतायो । फ्याब्सले विश्वव्यापी रूपमा नै कोकाकोलाका उत्पादन लाइन विस्तारको काम गर्छ, तर नेपालभित्र भएको कामको विदेशी कम्पनीलाई भुक्तानी गर्दा नेपाल राष्ट्र बैंकबाट विदेशी विनिमय कारोबारसम्बन्धी अनुमति लिनुपर्छ ।

फयाब्स नेपालमा दर्ता नभएका कारण सन् २०१४/०१५ मा भएको लाइन विस्तारको भुक्तानीमा वैधता दिलाउन एउटा नेपाली कम्पनीलाई पछि कृत्रिमरूपमा साझेदारका रुपमा उभ्याइएको स्रोत बताउँछ ।

स्मरणीय छ, हालैमात्र कम्पनीको ७६ प्रतिशत सेयर दुबईस्थित साब्कोले फेरि एटलान्टा (अमेरिका) स्थित कोकाकोला बोटलिङ प्लान्टलाई बेचेर नेपाललाई तिर्नुपर्ने पुँजीगत लाभकर छलेको पाइएपछि राजस्व अनुसन्धान विभागले यही मंसिर २३ गते बोटलर्स नेपालमा छापामा मारेर कम्पनीका महत्वपूर्ण दस्तावेज, कम्प्युटर, ल्यापटप कब्जामा लिएर अहिले अनुसन्धान गरिरहेको छ । नेपाल बाहिर भएको यो सेयर किनेबेच कारोबार कतिमा गरियो भन्ने मूल दस्तावेज नै लुकाइएको छ ।

‘सन् २००४ को नजिर हेर्दा वास्तविकभन्दा निकै कम मूल्यमा कारोबार भएको देखाई अर्बौँ रुपैयाँको पुँजीगत लाभकर छल्ने नियत देखिन्छ, जबकी मूल स्वामित्व किनबेच हुँदा प्रचलित बजार मूल्यमा सम्पत्ति र सेयरको गणना गरिन्छ,’ राजस्वसम्बद्ध एक अधिकारी भन्छन्, ‘प्रचलित सेयर मूल्यका आधारमा अहिले बोटलर्स नेपालको कुल बजार पुँजीकरण साढे ३ अर्ब रूपैयाँभन्दा बढी छ, यस हिसाबले यसका चलअचल सम्पत्तिसम्तका गणना गर्दा १६–१७ अर्बभन्दा बढीमा सेयर किनबेच गरिएको देखिन्छ ।’

तलब भुक्तानीमा समेत अपव्याख्या
कम्पनीमा कार्यरत साना र तल्ला तहका नेपाली कर्मचारीका लागि ऐनकानुनमा पालमना कडीकडाउ गर्न े बो टलर्स का विदे शी व्यवस्थापकले भने यहाँको कानुनको अपव्याखा गरेर कर छल्ने गरेको पाइएको छ ।

नेपाल राष्ट्र बैंकको विदेशी विनियमसम्बन्धी व्यवस्थाले नेपालमा कार्यरत कुनै पनि विदेशी नागरिकले यहाँ भुक्तानी लिने पारिश्रमिकको ७५ प्रतिशत आफ्नो मुलुकमा लैजान पाउने व्यवस्था गरेको छ, तर कोकाकोलाका उच्च व्यवस्थापकहरूले आफ्नो गृह मुलुकमा नै ७५ प्रतिशत पारिश्रमिक बुझेर, नेपालमा भुक्तानी लिइने २५ प्रतिशतलाई सत प्रतिशत देखाइ त्यसको ७५ प्रतिशत आफ्नो गृह मुलुक पठाउने गरेको स्रोतले जानकारी स्रोतका अनुसार बोटलर्स नेपालका कुल कर्मचारी खर्चको करिब ३० प्रतिशत पाँच जना भारतीय व्यवस्थापकले भुक्तानी लिने गरेका छन् । कम्पनीको वार्षिक प्रतिवेदन २०७६/७७ अनुसार कम्पनीका प्रबन्ध निर्देशक प्रदीप पाण्डेले गतवर्ष तलब र अन्य सुविधा गरेर ८ करोड रुपैयाँ भुक्तानी लिएका थिए ।सेयर बजार


प्रतिक्रिया दिनुहोस्